+
+

अध्यक्ष पक्राउको विरोधमा अत्तरियाको बजार बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १३:५३

१८ असार, कैलाली । प्रहरीले बुधबार बिहान पत्रकार सम्मेलनबाटै अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष सहितका तीनजनालाई पक्राउ गरेको विरोधमा व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका छन् ।

उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा, सदस्य विपिन साउँद र व्यापारी दिनेश विष्टलाई प्रहरीले पत्रकार सम्मेलन गरिरहेको बेला पक्राउ गरेपछि व्यापारीहरुले अत्तरिया बजार बन्द गराएका हुन ।

व्यवसायीहरुको समस्यालाई नगरपालिकाको नगरसभामा राख्न नपाएको विषयमा विरोध गर्दा मुद्दा लगाएर पक्राउ गर्नु गलत भएको भन्दै विरोध स्वरुप अत्तरियाका बजार वन्द गराइएको अत्तरिया उद्योग वाणिज्य संघका सचिव शंकर खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?