Comments Add Comment

लिखित सहमति देखाउन राखेप उपाध्यक्षलाई राणाको चुनौती

१८ असार, काठमाडौं । नेपाल कुस्ती संघको विवाद चर्किएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विवाद समाधान गर्नुको साटो संघ पुनर्गठन गरेपछि विवाद चर्किएको हो ।

राखेपले कुस्ती संघ पुनर्गठन गर्दै राजमहम्मद मिया अन्सारीको अध्यक्षतामा १८ सदस्यीय समिति बनाएको छ । यससँगै कुस्ती संघको विवाद अन्त्य भएको राष्ट्रिय संघ तथा विवाद समस्या तथा समाधान सहजीकरण समितिका संयोजक पिताम्बर तिम्सिनाको दाबी छ ।

तर राष्ट्रिय मान्यता प्राप्त नेपाल कुस्ती संघले राखेपको कदमको विरोध गरेको छ । संघका अध्यक्ष नारायणदेव राणाले पुनःसाधारण सभाका लागि अनुमति माग्दा राखेपका सदस्य सचिव केशव विष्टले नदिएको र कार्यकालको अन्तिम दिन संघ पुनर्गठन गर्दै विवाद ब्युँताएका बताएका छन् ।

उनका अनुसार ७ असारमा साधारणसभाका लागि अनुमति मागिएको थियो । विवाद मिलाउनुको साटो संघ पुनर्गठनको नाममा राखेप आफैंले विवाद बझ्याएको उनको आरोप छ ।

यसक्रममा आफुसँग कुनै लिखित सहमति नभएको बताउँदै उनले भनेका छन्, ‘लिखित सहमतिमा मैले हस्ताक्षर गरेको छैन । त्यसप्रकारको सहमति भएको रहेछ भने सार्वजनिक गर्न राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई भद्र चुनौती दिन्छु ।’

२०७२ जेठ २५ गते कुस्ती संघको साधारणसभा भएको थियो । यता, नेपाल ओलम्पिक कमिटिबाट मान्यता प्राप्त राजमहम्मद मिया अन्सारीको अध्यक्षतामा अर्को कुस्ती संघ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment