Comments Add Comment

के ‘ब्रेकअप’ले शरीरमा पनि असर पुर्‍याउँछ ?

प्रेमको अन्तिम विन्दु के हो ? अहिलेसम्म सर्वमान्य परिभाषा बनिसकेको छैन । वैशालु उमेरको आकर्षण नै प्रेम हो भन्ने मान्यता बोकिरहेका हामीले प्रेमको गन्तव्य विवाह मान्ने गरेका छौ । कतिपयले यसलाई समर्थन गर्दैनन् । प्रेम गरेपछि विवाह गर्नैपर्छ भन्ने कुरालाई कतिले पुरातन सोंच मान्छन् ।

त्यसैले त वैंशालु जोडीबीच प्रेम र ब्रेकअपको चक्र चलिरहन्छ ।

हृो त, सबैको प्रेम सफल हुन्छ नै भन्न सकिंदैन । विभिन्न कारणले कति प्रेमहरु अपुरो नै रहन्छ । प्रेममा धोका खाएर बाच्ने पनि धेरै छन् । प्रेम एउटा त्यस्तो मिठो अनुभुति हो जसमा परेको व्यक्तिले सबैतिर खुशी र रमाइलोको अनुभव गर्छ । तर त्यहि प्रेम विछोडमा परिणत भयो भने अथवा ब्रेकअप भयो उसको अवश्था कस्तो हुन्छ होला । रंगिन संसारलाई उसले अँध्यारो देख्न थाल्छ । भोक र निद्रा नहुनु त स्वभाविक नै हो, तर उसको लागि जीवन निरासमय हुन थाल्छ । ब्रेकअपको यस्तो असर मनमा मात्र नभएर शरीरमा पनि पर्छ ।

जसरी शरीरको कुनै भाग दुख्दा तपाई राम्रोसंग कुनै काम गर्न सक्नु हुन्न त्यसै गरि मुटु टुक्रिदा  मनले राम्रोसँग काम गर्न सक्दैन । ब्रेकअपले मन र शरीर दुवैलाई नराम्रो असर पुर्‍याउँछ ।

आँखामा असर

मन दुःखी भएपछि आँखाबाट आँसु आउनु स्वभाविक नै हो । बे्रकअपको पीडाले मानिस रात-रात भर रुने गर्छन्, जसको कारण आँखा सुनिन्छ । खुशीमा रुने आँसुमा पानीको मात्रा धेरै हुन्छ र नुनको मात्रा अति कम हुन्छ । तर दुःखका कारण आउने आँसुमा नुनको मात्रा अत्याधिक हुन्छ । त्यसैले जब कोहि भावनात्मक रुपमा रुन्छ भने उसको आँखा बढि सुनिन्छ ।

टाउको दुख्नु

जब हाम्रो जीवनमा असामान्य परिस्थिति आउँछ, त्यसको सिधा असर टाउकोमा हुन्छ । ब्रेकअप, सम्बन्ध विच्छेद, झगडा जस्ता गम्भीर कुराहरु जब तपाईको जीवनमा घट्छ , तपाईंलाई रिंगटा लागेको, सास फेर्न गाहो हुने, टाउको भारी हुने, छटपट भए जस्तो अनुभव हुन थाल्छ । यस्तो हुनुको कारण भावनात्मक पीडासँगै शारीरिक पीडाको अनुभव हुनु हो । कहिलेकाही त छातीमा केहि भारी कुरा राखिदिए जस्तो अनुभव हुन थाल्छ ।

निद्रा नलाग्नु

प्रायः व्यक्तिमा ब्रेकअप पछि निद्रा नलाग्ने समस्या देखिन्छ । ब्रेकअपका कारण तनाव बढ्छ । यसरी तनाव बढ्दै गए पछि निद्रा झन झन कम हुन्छ र शरीरमा विभिन्न किसिमको रोग लाग्न थाल्छ ।

मांसपेशीको दुखाई

ब्रेकअपपछि मांशपेशी सुनिन्ने, टाउको दुख्ने र गर्दन मड्कीए जस्तो हुनसक्ने यूनिभर्सिटी अफ टेक्सासमा गरिएको अनुसन्धानले प्रमाणित गरेको छ  । कहिलेकाहि त खुट्टा पनि लुलो जस्तो हुन्छ, जसको कारण हिँडडुल र भर्‍याङ चढ्न गाहो हुन्छ ।

वजन बढ्ने

केही व्यक्ति जब तनावग्रस्त हुन्छन्, उनीहरुको वजन बिस्तारै-बिस्तारै बढ्न थाल्छ । शरीरको कोशिकाहरु इन्सुलिनप्रति कम संवेदनशी हुन थाल्छन् र शरीरले यसको क्षतिपूर्ति गर्नका लागि बढि इन्सुलिनको उत्पादन गर्छ । परिणामस्वरुप शरीरमा सुगर र फ्याटको मात्रा बढ्न थाल्छ र तपाइर्ंको वजन बढ्न थाल्छ । प्रायः ब्रेकअप हुने व्यक्ति चिल्लो र गुलियो बढि खाना मनपराउछन् । यस्ता कुराले वजन बढ्न थाल्छ ।

मस्तिष्कमा नराम्रो प्रभाव

विशेषज्ञका अनुसार जब तपाईको मनपर्ने व्यक्ति टाढा हुन्छ, यसको असर तपाई मनका साथ-साथै मस्तिष्कमा पनि पर्छ ।

छाला सम्बन्धि समस्या

ब्रेकअपपछि तनाव हुन थाल्छ । तनावका कारण शरीरमा स्ट्रेस हार्मोनको स्तर धेरै बढ्न थाल्छ र छालाको चमक हराउँछ । यदि तपाईको शुरुबाट नै चाया पोतो दाग र चाउरीपनाको समस्या छ भने बे्रकअप पछि यी समस्या झन झन बढ्न थाल्छ ।

मुटु सम्बन्धि समस्या

कार्डियोलजिस्टका अनुसार ब्रेकअप भएका व्यक्ति भावनात्मक रुपले कमजोर भएको हुन्छ , जसका कारण उसलाई हर्ट अट्याक हुने र मुटु सम्बन्धि रोगहरु लाग्न सक्ने सम्भावना बढि हुन्छ ।

इम्युनिटी कमजोर हुनु

ब्रेकअपको क्रममा प्रायः मनमा नकारात्मक सोचाइ आउन थाल्छ । नकारात्मक सोचाईका कारण एक्लोपना, तनाव र चिडचिडापन बढ्न थाल्छ । जसका कारण इम्युनिटी सिस्टम कमजोर हुन थाल्छ र व्यक्ति बारम्बार बिरामी हुन थाल्छ ।

ब्रेकअपसंग जोडिएका केही तथ्यहरु

बे्रकअप क्रममा महिलाहरु भावनात्मक रुपमा धेरै आहत हुन्छन् तर महिलाको तुलनामा पुरुषलाई सामान्य हुन बढि समय लाग्छ । पुरुषले महिला जस्तो आफ्नो भावना सजिलै व्यक्त गर्न सक्दैनन् । प्रायः व्यक्ति जति आफ्नो सम्बन्धप्रति प्रतिबद्ध हुन्छ , ब्रेकअपपछि उसको व्यवहारमा परिवर्तन आउन थाल्छ । सामाजिक सन्जाल मानसिक र शारीरिक शोषण, सम्बन्ध विच्छेद र नाता सम्बन्ध टुक्रने एउटा प्रमुख कारण बनेको छ ।

ब्रेकअपपछि कसरी अगाडि बढ्ने ?

जीवन लामो छ । बे्रकअप भयो भनेर आफ्नो जीवनलाई दुःखी बनाइ राख्नु भन्दा सबै कुरा बिर्सीएर अगाडि बढ्नु पर्छ ।

ब्रेकअपपछि सबभन्दा पहिले फिजिकल चेकअप गर्ने । चेकअप गर्ने क्रममा आफ्नो ब्लड प्रेशर र कोलेस्टल कस्तो छ भन्ने जानकारी लिनु पर्छ ।  रक्तसन्चालनमा कुनै समस्या छ कि छैन भन्ने पनि राम्रोसंग बुझ्नु पर्छ । तनावका कारण यि समस्याहरु उत्पन्न हुन सक्छ ।

यदि तपाई कुनै भावनात्मक समस्याले ग्रसित हुनुहुन्छ भने यो पनि डाक्टरलाई बताउनुहोस् र यसको समाधान पनि सोध्नुहोस् ।

एक्लोपन, तनावबाट छुटकारा पाउनका लागि कुनै राम्रो स्पामा बडी मसाज गराउनुहोस । यसो गर्दा तपाईको दिमाग र शरीरमा ताजापना आउँछ ।

बडि मसाज गराउँदा शारीरिक र मानसिक रुपमा शान्ति प्राप्त हुन्छ । मांसपेशिको दुखाइ, टाउको दुखाइ र तनाव कम हुन्छ । राम्रो निद्रा पनि लाग्छ र एकाग्रता बढ्न थाल्छ ।नकारात्मक विचारलाई कम गर्नका लागि प्रकृतिसंग नजिक हुनुहोस् ।

खानपिन छोड्नु भन्दा आफ्नो डाइटमा ध्यान दिनुहोस् ।

शरीरमा हुने साइड इफेक्ट्सलाई हटाउनका लागि हिँडडुल गर्नुहोस् । व्यायाम र हिडडूल गर्नाले तनाव कम हुन्छ ।

योग र प्राणायामको सहयोगले आफ्नो अशान्त मनलाई शान्त बनाउने कोशिश गर्नुहोस् ।

बितेको समयलाई विर्सनाका लागि आफुलाई व्यस्त बनाउनुहोस् । राम्रो किताब पढ्ने, राम्रा साथीहरुसँग समय बिताउने गर्नुहोस् ।

मन र शरीर दुवैलाई स्वस्थ राख्नाको लागि नाच्ने, गाउने, साइकिलिंग, स्विमिङ, फिटनेस क्लास र खेलकुदमा सहभागि हुनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment