Comments Add Comment

२ सय करोडमा साहिदको ‘कबिर सिंह’, पछि परे ‘भारत र उरी’

नायक साहिद कपुर र किआरा अडवानी अभिनित चलचित्र ‘कबिर सिंह’ भारतीय बक्स अफिसमा २ सय करोड क्लबमा प्रवेश गरेको छ । दोश्रो हप्ताको बुधबार ७.५३ करोड कमाई गर्दै चलचित्रले २ सय करोडको आँकडा पार गरेको छ ।

५ दिनमा सय करोड, ९ दिनमा डेढ सय करोड, १० दिनमा १७५ करोड कमाएको चलचित्रले रिलिजको १३ औं दिनमा २ सय करोड पार गरेको छ । चलचित्रले दोश्रो हप्ताको बुधबारसम्म २०६.४८ करोड कमाई गरेको छ ।

योसँगै यो बर्ष रिलिज भएका चलचित्रमध्ये सबैभन्दा चाडो २ सय करोड कमाउने चलचित्र पनि ‘कबिर सिंह’ बनेको छ । यसअघि २ सय करोडको आँकडा पार गर्न सलमान खान अभिनित चलचित्र ‘भारत’लाई १४ दिन र ‘उरी’लाई २८ दिन लागेको थियो ।

चलचित्रले आज सलमान खानको चलचित्र ‘भारत’को लाइफ टाइम कलेक्शनलाई उछिन्नेछ । साहिद कपुरको अभिनयले दर्शकलाई खुशी तुल्याएको समयमा यो चलचित्र ब्ल्कबस्टर भएसँगै साहिदको स्टारडम पनि चम्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment