Comments Add Comment

तपाईंको शरीरले यसरी संकेत गर्नेछ बुढ्यौलीको

‘ओहो, तपाईं त कस्तो गल्नु भएको, बुढ्यौलीले छोएछ ।’ ‘कपाल पो फुल्न थालेछ, तपाईं बुढो हुनु भयो अब ।’ ‘कान नै सुन्दैन, बुढ्यौली लाग्या हो ?’

प्राय दैनिक जनजीवनमा यसरी बुढ्यौलीलाई प्राथमिकता दिँदै कुराकानी भैरहेको हामीले प्रायः सुन्दै र देख्दै आएका छौं । हामी हरेक व्यक्ति बुढ्यौलीसंग डराउँछौंं । आफूलाई कसैले पनि बुढो अथवा वृद्ध नभनोस् अथवा आफू वृद्ध भएको अनुभव नै गर्नु नपरोस् भन्ने हाम्रो चाहाना हुन्छ । तर, उमेरलाई कसैले रोकेर अथवा छेकेर छेकिने कुरा होइन । एउटा निश्चित उमेरपछि हामी सबै वृद्ध हुन्छौं, हामीलाई बुढ्यौलीले छुन्छ ।

चिकित्सकहरुका अनुसार मानिस एकै पटक बुढो हुने होइन । हामीलाई एकै पटक बुढ्यौलीले छुँदैन । जसरी शरीर तन्दुरुस्त रहन शरीरका सबै अंगहरु पर्फ]{ट हुनु अति आवश्यक छ, ठिक त्यसैगरी बुढ्यौली पनि शरिरका अंगहरुमार्फत देखिन थाल्छ । शरीरका विभिन्न अंगहरु फरक-फरक उमेरमा वृद्धावस्थातर्फ उन्मुख हुने चिकित्सकहरुको भनाइ छ । उनीहरुका अनुसार प्रत्येक व्यक्तिमा ३० वर्ष पुगेपछि बुढ्यौलीका संकेतहरु देखिन थाल्छन् । त्यहाँबाट प्रारम्भ हुने बुढ्यौलीका लक्ष्ँणहरु हाम्रो बाँकी जीवनभरी नै चलिरहन्छ ।

यहाँ शरीरका केही महत्वपूर्ण अंगहरुको बारेमा चर्चा गरिदैछ, जसमा एउटा निश्चित उमेरदेखि बुढ्यौलीका लक्षणहरु देखा पर्छन् ।

छाला

हाम्रो शरीरमा बुढ्यौलीको संकेत देखाउने मुख्य अंग नै छाला हो । छालामा उमेरको प्रभाव सबैभन्दा पहिला देखिन्छ । सामान्यतया २५ वर्षको उमेरदेखि नै छालामा बुढ्यौलीका संकेतहरु देखिन थाल्दछन् । त्यसले गर्दा छाला बढी पातलो अनि कम लचिलो हुन थाल्छ ।

साथै त्यसमा मसिना रेखाहरू देखा पर्न थाल्छन् । उमेरसँगै बढी समय घामको सम्पर्कमा बिताउँदा पनि छाला रुखो र सुख्खा हुन्छ । त्यसका लागि फाइवरयुक्त खानपिन तथा  योगा र प्राणायामको सहयोगले छालालाई उमेरको प्रभावबाट जोगाउन सकिन्छ ।

कपाल

हरेक व्यक्तिको व्यक्तित्वमा नै प्रभाव पार्ने शरीरको एउटा महत्वपूर्ण भाग हो कपाल । कपालले व्यक्तिको व्यक्तित्वलाई सुनमा सुगन्ध गरिरहेको हुन्छ भन्दा फरक पर्दैन । उमेर बढेको संकेत कपालले पनि गरिरहेको हुन्छ ।

शरीरका अन्य अंगहरुमा झैं कपालमा समेत बढ्दो उमेरको प्रभाव देख्न सकिन्छ । हामी प्राय ३० वर्ष पुगेपछि कपाल बढ्ने अथवा उम्रने गतिमा कमि आउने विभिन्न अनुन्धानहरुले प्रमाणित गरिदिएका छन् । त्यसैकारण ३० वर्षपछि प्रँयः मानिसको कपाल पातलो हुन थाल्छ । यसका साथै ३० वर्षपछि नै कपालको रौं-छिद्रबाट मेलानिन उत्पन्न हुने प्रकृयामा पनि कमि आउँछ । त्यसरी कमि आउनु भनेकै हाम्रँे कपाल फुल्न थाल्नु हो । अर्थात, ३० वर्षपछि कपालबाट हाम्रो बुढ्यौली प्रारम्भ हुन्छ ।

मांसपेशी

मांसपेशीमा पनि कपाल जस्तै ३० वर्ष पुरा भएदेखि नै बुढ्यौलीका संकेतहरु देखिन थाल्छन् । चिकित्सकहरुका अनुसार हरेक व्यक्तिमा ३० वर्ष पुरा भएपछि मांसपेशीको तन्तुको संख्या तथा त्यसको शक्तिमा कमि देखिन थाल्छ । यसको कारणले शरीरमा हुनु पर्ने मेटाबोलिज्म कमि आउँछ । यसले गर्दा शरीरको क्यालोरी खपत गर्ने क्षमतामै कमि आउँछ र हाम्रो शरीरमा मोटोपन बढ्छ । विभिन्न व्यायामबाट हामीले मोटोपनाबाट छुटकारा भने पाउन सक्छौं ।

मस्तिष्क

कपाल र मांसपेशी झैं मस्तिष्क पनि ३० वर्ष पुरा भएदेखि नै वृद्धावस्थातर्फ अग्रसर हुन थाल्छ । ३० वर्ष पुरा भएपछि बिस्तारै मस्तिष्क खुम्चिन थाल्छ । त्यसबाट स्नायु कोषिकाको विकास प्रक्रिया नै रोकिन थाल्छ ।

मस्तिष्कको रक्त सञ्चार ३० वर्षको उमेर भन्दा पहिलाको तुलनामा कम हुन्छ । यसले व्यक्तिको सोच्ने शक्तिमा समेत प्रभाव पार्छ । त्यसैले कुनै समस्या बुझ्न र परिणामसम्म पुग्न धेरै समय लाग्छ । चिकित्सकहरुका अनुसार एस्ट्रोजन हार्मोनका कारण महिलाहरूको मस्तिष्क र हृदय पुरुषको तुलनामा मन्द गतिमा बूढो हुन्छ ।

आँखा

हरेक व्यक्तिको आँखा ४० वर्ष पुरा भएपछि बुढ्यौलीतर्फ अघि बढ्छ । ४० वर्षपछि आँखाको पुतली पछाडिको पारदर्शी अंग कडा र बाक्लो हुन थाल्छ, जसले गर्दा नजिकका कुरामा आफ्नो ध्यान केन्दि्रत गर्न गाह्रँे हुन्छ ।

यसका साथै अँध्यारो र कम उज्यालो भएको स्थानमा हेर्न समेत गाह्रो हुन्छ । यसबाहेक उज्यालो कम अथवा बढी भए पुतलीले जनाउने प्रतिक्रियामा पनि कमि आउँछ । त्यसैले हामी ४० वर्ष पुरा भएपछि हाम्रँे आँखामा सुख्खापनको समस्या देखिन थाल्छ ।

मुट

४० वर्ष पुरा भएपछि नै मुटु पनि बुढ्यौलीतर्फ अग्रसर हुन्छ । ४० वर्षपछि मुटुसंग सम्बन्धित रक्तवाहिका नलिहरू कडा हुन थाल्छन् । त्यसपछि मुटुमा रगतको प्रवाह तीव्र गतिमा हुन्छ र धमनीहरू फैलन धेरै समय लाग्छ । परिणाम स्वरूप मुटुमा आवश्यकताभन्दा कम रगत पुग्छ र मुटु सम्बन्धि समस्याहरु देखिन थाल्छन् ।

कान

कान सुन्न कम हुनु पनि बु्ढ्यौली लागेको संकेत हो । प्रायः मानिसहरुमा ५० वर्ष पुरा भएपछि कान सुन्न कम भएको पाइन्छ । ५० वर्ष पुरा भएपछि अधिकांश व्यक्तिको सुन्न सक्ने शक्तिमा कमि आउन थाल्छ । त्यसो त हामी लामो समय चर्को आवाजमा बस्यौं भने पनि श्रवण शक्तिमा कमी आउँछ । तर, प्राकृतिक रुपमा भने हरेक व्यक्तिमा ५० वर्ष पुरा भएपछि कानबाट सुन्न सक्ने क्षमतामा कमी आउन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment