+
+

विषादी परीक्षणबाट पछि हटेर सरकारले लम्पसारवादी नीति लियो : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १३:४३

२२ असार, काठमाडौं । नेपाली कांग्रेसले विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँडा टेकेको आरोप लगाएको छ ।

भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा सीमा नाकामै विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेर सरकारले घुँटा टेकेको बताएको हो ।

आइतबार संसद बैठकको सुरुमै बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने ‘सरकारले घुँडा टेकेको छ, सरकारले लम्परासवादी नीति लिएको छ । यो लम्पसारले आम नेपालीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको छ ।’

सरकारले पहिले आम नागरिकलाई विषादीयुक्त खानेकुरा खान दिन्न भन्दा आफूहरुले समर्थन गरे पनि केही दिनमा फेरि जजनताको जीवनसँग खेलवाड गर्दै निर्णयबाट पछि हटेको उनले बताए । ‘पहिले किन रोक्नुभयो, पछि किन घुँडा टेकेर खोल्नुभयो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?