+
+

पिटरले इंग्ल्यान्डविरुद्ध सेमिफाइनलमा खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते ६:५६

२५ असार, काठमाडौं । पिटर हृयान्ड्सकोम्बले विश्वकप क्रिकेटको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध खेल्ने भएका छन् ।

अष्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन लेंगरले पिटरले सेमिफाइनलमा खेल्ने पक्का भएको बताएका छन् । उनी यसै साता साउन मार्सको स्थानमा टिममा परेका हुन् । मार्स अभ्यासको दौरानमा घाइते भएपछि विश्वकपका लागि अष्ट्रेलियाले टिममा उनलाई स्थान दिएको हो ।

आयोजक राष्ट्र इंग्ल्यान्डविरुद्ध अष्ट्रेलियाले बिहीबार सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिटरले खेल्ने निश्चित भएको मुख्य प्रशिक्षक लेंगरले बताएका हुन् । उनले भनेका छन्, ‘म तपाईंहरुलाई साचो भन्छु । पिटरले निश्चित रुपमा खेल्ने छन् । उनले खेल्ने १०० प्रतिशत साचो हो ।’

प्रशिक्षक लेंगरले थपेका छन्, ‘उनी राम्रा खेलाडी हुन् । अष्ट्रेलियाका लागि उनले राम्रो खेलेका छन् । उनले मिडिल अर्डरमा राम्रो गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?