Comments Add Comment

फोटोसप गरिएको फोटोले रवि शास्त्री तनावमा !

२५ असार, काठमाडौं । भारतीय क्रिकेट टीमका मुख्य प्रशिक्षक रवि शास्त्री सामाजिक सञ्जालमा भाइरल बनेका छन् । टीमको सामूहिक फोटोमा उनको कुर्सीमुनि रक्सीको बोतल देखिएपछि भइरहेको आलोचनाले उनी तनावमा परेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्वीरमा मुख्य प्रशिक्षक शास्त्री कुर्चीमा बसेका छन्, कुर्चीमुनि रक्सीको बोतल छ । शास्त्रीको दायाँतिर कप्तान विराट कोहली छन् भने पछाडि स्पिनर युजभिन्द्र चाहाल छन् । धेरैले यो तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै शास्त्रीको आलोचना गरेका छन् ।

भारतीय क्रिकेटका एक समर्थकले लेखेका छन्, ‘जब एक प्रशिक्षकले आफ्नो टिमको साथमा फोटो खिचाउँदा के उनले कुनै नियमको पालना गर्नु पर्दैन ? यो विषयबारे बीसीसीआईले शास्त्रीसँग स्पष्टीकरण सोध्नुपर्छ ।’

मंगलबार भारत र न्युजिल्यान्डबीचको खेल पानीको कारण स्थगित भएपछि यो फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

तर उक्त तस्वीर फोटोसप गरेर कुर्चीमुनि रक्सीको बोतल राखिएको खुलेको छ । उक्त तस्वीर जुन ६ तारेखको हो । भारत र श्रीलंकाबीचको जुन ६ तारिखमा हुने खेलअघि भारतीय क्रिकेट टीमले यो फोटो खिचेको थियो । जहाँ मुख्य प्रशिक्षक शास्त्रीसँगै पूरै भारतीय टिम थिए ।

बीसीसीआईले ट्विटरमर्फत भारत र श्रीलंकाबीचको खेल हुनुपूर्व ‘एक टिम, एक देश, एक उमंग’ भन्दै यो फोटो हालेको थियो । कसैले उक्त फोटोलाई फोटोसपमार्फत मुख्य प्रशिक्षक शास्त्रीको कुर्चीमुनि रक्सीको बोतल राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment