+
+

संशोधन गर्ने शर्तमा कांग्रेसको नियमावली पास

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते २२:०७

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष प्रस्तावित नियमावलीमा संशोधन गर्न सहमत भएको छ । केन्द्रीय कार्यसमिति बैठकमा आएको सुझावहरुका आधारमा परिर्माजन गर्ने जिम्मेवारी रमेश लेखक नेतृत्वको मस्यौदा समितिलाई दिँदै बैठकले नियमावलीलाई पास गरेको छ ।

२२ गतेबाट सुरु भएको नेतृत्वमा नियमावली पेश भएको थियो तर वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरुले अनुशासन, आचार संहिता, भ्रातृ तथा सुभेक्षुक संगठन र लेबीसम्बन्धी प्रस्तावको विरोध गरेका थिए ।

पार्टीलाई नियन्त्रणमुखी बनाएको भन्दै संस्थापन इतरका नेताहरुले विरोध गरेका थिए । आइतबारको बैठकमा नेता कृष्ण सिटौलाई आचार संहितालाई पनि अनुशासनको कारबाहीको विषय बनाएको तथा नीतिगत बहसलाई समेत रोक्ने गरी प्रस्ताव आएको भन्दै प्रस्तावित नियमावलीको चर्को विरोध गरेका थिए ।

संस्थापन पक्षका नेताहरुले भने पार्टीमा अराजकता स्वीकार्य नभएको भन्दै समर्थन गरेका थिए । बैठकमा आएका सुझावहरुका आधारमा परिर्माजन गर्ने गरी नियमावली पास गरेको छ ।

साथै वर्षासँगै आएको बाढी तथा पहिरो प्रभावितहरुको राहत र उद्दारमा जुट्न साउन ७ गतेसम्म बैठक स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?