
Photo Credit : फाइल तस्वीर
३० असार, हेटौंडा । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका १ मार्खुमा आइतबार राति खसेको पहिरोमा पुरिएर एकै घरका आमाछोरीको मृत्यु भएको छ ।
पहिरोमा पुरिनेमा ईन्द्रसरोबर गाउँपालिका १ मार्खुका कान्छीमाया बलामी र उनकी १८ बर्षीया छोरी बबिता बलामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।
आइतबार राति करिब ११ बजेतिर खसेको पहिरोले घरसहित उनीहरुलाई पुरेको हो । पहिरोमा परी घाइते भएकी ३८ बर्षीया बेली बलामीलाई उपचारको लागि लगिएको उपरीक्षक सिंहले जानकारी दिए । घटनास्थलमा प्रहरीको टोली गएर खोजतलास गरेपछि आइतबार बिहान शव फेला परेको हो । योसँगै बाढी र पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4