Comments Add Comment

शैल्यशिखर धाममा सुरु भयो पूजन जात्रा

३० असार दार्चुला । देशकै सातौं धाम मानिने शैल्यशिखर धाम तथा मालिकार्जुन मन्दिरमा लाग्ने पूजन जात्रा सुरु भएको छ । हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन सुरु हुने जात्रा सोमबार विहान आरम्भ भएको मालिकार्जुन विकास समिति सचिव जनसिँह धामीले जानकारी दिए ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकामा सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धामको पूजन जात्रा हेर्न सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्ला र भारतको भारतको उत्तराखण्डबाट समेत श्रद्धालु भक्तजन आउने गर्छन्
। शिखर जात्राका लागि टाढाबाट आउने भक्तजन भने आइबार साँझ नै आइसकेका थिए ।

मालिकार्जुन पुगिसकेका भक्तजनहरुको शिखर यात्रा सोमबार बिहान सुरु भएको स्थानीय रामसिँह धामीले बताए । पवित्र मनले शैल्यशिखरको दर्शन गर्नाले पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुनुका साथै निःसन्तालाई सन्तान सुख समेत हुने जनविश्वास रही आएको छ ।

हिन्दु धर्माबलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्य शिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरु १५ दिन अगाडि देखि नै शुद्ध भएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने जनविश्वास छ ।

शिखर पूजन जात्रामा मुख्य गरी विवाहित महिला पुरुषहरु तथा अविवाहित पुरुषहरुले ब्रतबन्ध पश्चात मात्रै जान हुने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment