Comments Add Comment

विश्वकपमा असफल देशका सफल क्रिकेटर

३० असार, काठमाडौं । विश्वकप क्रिकेट २०१९ सकिएको छ, तर यसको चर्चा सकिएको छैन ।

विश्वकपमा कुन नयाँ खेलाडी चम्किए, कुन खेलाडी चल्न सकेनन् भन्ने चर्चा अझै केही समय क्रिकेटप्रेमीमाझ चलिरहनेछ । तर केही यस्ता खेलाडी छन्, जसले उत्कृष्ट प्रदर्शन गरे पनि टिमलाई जिताउन सकेनन् ।

रोहित शर्मा

भारतका ब्याट्सम्यान रोहित शर्माले चालु विश्कपमा धेरै चर्चा पाए, उनले विश्व कीर्तिमान कायम पनि गरे । तर उनको यो कीर्तिमानी प्रदर्शन टिम हारेसँगै छायाँमा पर्‍यो ।

पाँच खेलमा शतक त्यो पनि एउटै विश्वकपमा । यो उनले राखेको दुर्लभ कीर्तिमान हो । यसअघि सन् २०१५ को विश्वकप क्रिकेटमा श्रीलंकाका कुमार सांगाकाराले लगातार चार खेलमा शतक बनाउँदै कीर्तिमान कायम गरेका थिए ।

रोहितले विश्वकप क्रिकेटमा सर्वाधिक रन बनाए । उनले ९ खेलबाट ६४८ रन बनाए । यो क्रममा उनले पाँच शतक र एक अर्धशतक बनाए । उनले शतक बनाउने क्रममा दक्षिण अफ्रिकाविरुद्ध १२२, पाकिस्तानविरुद्ध १४०, इंग्ल्यान्डविरुद्ध १०२, बंगलादेशविरुद्ध १०४ र श्रीलंकाविरुद्ध १०३ रन बनाउँदै पाँच शतक बनाएका थिए । त्यस्तै, उनले अष्ट्रेलियाविरुद्ध ५७ रन बनाउँदै अर्धशतक बनाएका थिए ।

तर टिम भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग १८ रनले पराजित हुदै विश्वकपबाट बाहिरिएपछि रोहितको प्रदर्शन छायाँमा प¥यो ।

डेभिड वार्नर

सेमिफाइनलमा उपाधि विजेता इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएसँगै अष्ट्रेलिया विश्वकपबाट बाहिरियो । यो नतिजाले डेभिड वार्नरको प्रदर्शन पनि छायाँमा पर्‍यो  ।

वार्नरले सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा नाम लेखाउन मात्र एक एक रनले चुके । रोहितले ६४८ रन बनाउँदा दोस्रो स्थानमा रहेका वार्नरले ६४७ रन बनाए ।

यो क्रममा उनले तीन शतक र तीन अर्धशतक बनाए । वार्नरले पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध शतक बनाएका थिए । त्यस्तै, बंगलादेशविरुद्ध बनाएको १६६ रनको शतक उनको यो विश्वकपमा एकै खेलमा सर्वाधिक रन बन्यो ।
वार्नर सफल भए पनि उनको टिम भने सफल हुन सकेन ।

सकिब अल हसन

विश्वकप क्रिकेटमा एउटा यस्तो तारा देखापर्‍यो, जसको चमकले सिंगो क्रिकेट जगतमा हलचल मच्चियो । ती खेलाडी हुन् बंगलादेशका सकिब अल हसन ।

यो विश्वकपले उत्कृष्ट अलराउण्डर पाएको छ । सकिब त्यस्ता अलराउण्डर बनेर निस्किए जसले ब्याटिङतर्फ सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष तेस्रो स्थान ओगट्न सफल बने । बलिङतर्फ पनि उनले आठ खेलबाट ११ विकेट लिए ।

आठ खेलबाट ६०६ रन बनाएका सकिबले दुई शतक र पाँच अर्धशतक बनाए । एक खेलमा मात्रै उनी अर्धशतक बनाउनबाट चुके । उनले इंग्ल्यान्ड र वेष्ट इन्डिजविरुद्ध शतक बनाएका थिए ।

बलिङ र ब्याटिङ दुबै मा उत्कृष्ट प्रदर्शन गरेका सकिबबाट सबै अचम्मित गरे । तर उनको टिम भने लिग चरण पनि पार गर्न सकेन ।

मिचेल स्टार्क

अष्ट्रेलियाका मिचेल स्टार्क यो विश्वकप क्रिकेटमा सर्वाधिक विकेट टेकर हुन् । उनले सर्वाधिक विकेट मात्रै लिएनन् । विश्व कीर्तिमान पनि कायम गरे ।

स्टार्कले १० खेलबाट २७ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहे । जबकी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका न्युजिल्यान्डका लोकी फर्गुसनको २१ विकेट रह्यो ।

मिचेल स्टार्क यो पटक अष्ट्रेलियाका मुख्य बलरको रुपमा सावित भए । उनले २७ विकेट लिने क्रममा एउटै विश्वकपमा सर्वाधिक विकेट लिने विश्व कीर्तिमान कायम पनि गरे । यसअघि सन् २००७ मा अष्ट्रेलियाकै ग्लेन म्याग्राको नाममा रहेको २६ विकेटको कीर्तिमान स्टार्कले भंग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment