Comments Add Comment

इंग्ल्याण्डमा यत्तिको क्रिकेट टीम यसअघि थिएन : पूर्वकप्तान भेगन

३१ असार, काठमाडौं । इंग्ल्याण्डका पूर्वकप्तान माइकल भेगनले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जिताउने टीमको प्रशंसा गरेका छन् ।

उनले यो उपलब्धीले युवा खेलाडीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्ने बताए । भेगनले यो पनि भनेका छन् कि इंग्ल्यान्डसँग यति धेरै प्रतिभा र खुबी छ कि क्रिकेटको तीनवटै फर्म्याटमा विश्वका सर्वोत्कृष्ट टिम बन्न सक्छ ।

उनले इंग्ल्यान्ड टीममा यति उत्कृष्ट खेलाडी यसअघि नभएको दावी गरे ।

बीबीसी रेडियोको एक कार्यक्रममा बोल्दै पूर्वकप्तान भेगनले भनेका छन्, ‘इंग्ल्यान्डसँग राम्रो मौका छ । जसरी विगत चार वर्षदेखि राम्रो प्रदर्शन गरिरहेको छ त्यसलाई जारी राख्ने हो भने आउँदो चार वर्षसम्म पनि इंग्ल्याण्ड नै बलियो टीम रहनेछ ।’

उनले यही टीमले आउँदो वर्ष हुने टी–२० विश्वकपको उपाधि पनि जित्ने उनले आशा व्यक्त गरे । भेगनले भनेका छन्, ‘हामी देख्न चाहन्छौं कि इंग्ल्यान्ड टिमले आउने ६ हप्ताको सदुपयोग गरोस् र टेष्ट क्रिकेटमा राम्रो प्रदर्शन गरोस् । यो टिममा सबै गुण छ, जुन टेष्ट, टी–ट्वान्टी र ५० ओभरको क्रिकेटमा चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment