 
																			३१ असार , काठमाडौं । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै फेसबुकमा विज्ञापन गरेर ठगेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं -१६ खुशिवु नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौं क्षेत्रपाटी बस्ने महोत्तरी महानगरपालिका सोनमा गाउँपालिका- ७ घर भएका २० वर्षीय एमडी सगिर शेख र काठमाडौं महानगरपालिका-१६ खुशिवु नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय यमदादुल मोमिन छन् ।
उनीहरूलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ खुशिवुबाट मंगलबार पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले बताए ।
मोबाइलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक सञ्जालमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरिरहेको सूचनाको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थापाले बताए ।
उनका अनुसार एक महिनाको समयमा ८० लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । थप अनुसन्धान जारी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4