+
+

श्रीलंकासँग खेल्ने बंगलादेश क्रिकेट टीम घोषणा, सकिबलाई विश्राम

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते २०:०७

३१ असार, काठमाडौं । श्रीलंकाविरुद्ध तीन खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्ने बंगलादेश क्रिकेट टीमको घोषणा भएको छ ।

बंगलादेशले मश्राफे मोर्टजाको कप्तानीमा १४ सदस्यीय क्रिकेट टीमको घोषणा गरेको हो । तर विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै सबैलाई चकित बनाएका शकिब अल हसन भने टीममा परेका छैनन् । उनलाई विश्राम दिएको बंगलादेश क्रिकेटले बताएको छ ।

टिममा कप्तान मोर्टजासँगै सौम्या सरकार, मुश्फिक्युर रहिम, महमुदुल्लाह, सब्बिर रहमान, मेहिदी हसन, रुबेल हुसेन, तमिम इकबल, अनमुल हक, मोहम्मद मिथुन, मोसादक हुसेन, मोहम्मद सइफुदिन, मुस्ताफिजुर रहमान र तइजुल इस्लाम रहेका छन् ।

बंगलादेशले पहिलो एकदिवसीय क्रिकेट जुलाई २६ तारिखमा खेल्दैछ । त्यस्तै, २८ तारिखमा दोस्रो एकदिवसीय क्रिकेट खेल्ने बंगलादेशले श्रीलंकाविरुद्धको अन्तिम खेल जुलाई ३१ मा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?