Comments Add Comment

वीरगञ्जमा एडिबीको सहयोगमा सञ्चालित परियोजनामाथि प्रश्न

३१ असार, वीरगञ्ज । वीरगञ्जमा ब्यवसायीले वीरगञ्जमा सञ्चालित मझौला एकीकृत शहरी वातावरणीय सुधार आयोजनाको कामप्रति प्रश्न उठाएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले एसियाली विकास बैंकको सहयोगमा सञ्चालित उक्त परियोजनाका कारण बजार डुवानमा परेको भन्दै यसको डिजाइन नै त्रुटिपूर्ण रहेको बताएको छ ।

बाढीबाट भएको नोक्सानको क्षतिपूर्ति र समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, पर्सा, मार्फत मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउँदै उद्योगी व्यवसायीले एडीबि परियोजनाको कामबारे छानबिन गर्न माग गरेका छन् ।

‘सम्पूर्ण नगरक्षेत्र भित्र लगभग ढल/नालाको निर्माण सम्पन्न भइसकेको देखिएता पनि वर्षातको पानीको निर्वाध बहाव हुन सकेको छैन । सामान्य वर्षातमा समेत वीरगञ्ज बजार जलमग्न हुने गरेको हुँदा वीरगञ्जनगर क्षेत्रको पानी बहावको समुचित व्यवस्था तत्काल गरी पाउन तथा निर्माण भएको ढल/नाला डिजाइन तथा बनावट त्रुटपूर्ण रहे/नरहेको जाँच गर्न जाँचबुझ समिति समेत गठन हुनुपर्छ’ ज्ञापन पत्रमा भनिएको छ ।

संघले डुवानबाट क्षति भोगेका वीरगञ्ज आदर्शनगरका ब्यापारीलाई क्षतिपूर्ति दिन पनि माग गरेको अध्यक्ष गोपाल केडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment