+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

त्रिवि र नेपाल प्रहरीबीच १२ बुँदे सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १६:४५

१ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरी बिच ‘समुदाय–प्रहरी साझेदारी’को अवधारणा अनुरुप सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञताको उपयोग गर्ने एवं प्राज्ञिक गतिविधिको निर्वाध रुपमा सञ्चालन गर्ने गरी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनिया र नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालद्वारा हस्ताक्षर गरिएको समझदारी पत्रमा दुवै संस्थाबीच अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग गर्ने, पाठ्यक्रम निर्माणमा सुरक्षासँग सम्वन्धित विषयवस्तुहरु समाविष्ट गर्ने, अध्ययन अध्ययापनमा आपसी समन्वय गर्ने  लगायतको समझदारी भएका छन् ।

सूचना आदानप्रदान गर्ने, श्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्थामा सहयोग आदानप्रदान गर्ने, सुरक्षा सचेतना अभिवृद्धि गर्ने, दुवै संस्थाहरुमा हुने प्रकाशनमा सहकार्य गर्ने, क्षमता अभिवृद्धिका सन्र्दभमा संयुक्त रुपमा विशेष कार्यशाला गोष्ठीहरु आयोजना गर्ने, सूचना प्रविधिका विकासमा त्रिविका केन्द्रीय विभाग एवं संकायहरुसँग सहकार्य गर्ने, व्यवहारिक अभ्यास एवं इन्टर्नसिप सम्बन्धी व्यवस्था गर्ने, सुरक्षित विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्ने र विद्युतीय पुस्तकालयको विकास गर्ने लगायत उल्लेखित छन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित सहझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले त्रिवि र नेपाल प्रहरीबीचको सहकार्यले दुवै संस्थाको संस्थागत दृष्टिकोणमा सकरात्मक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरे ।

विश्वविद्यालयका दक्ष स्नातकहरुलाई नेपाल प्रहरीप्रतिको दृष्टिकोणका बारेमा विश्वस्त गराउँदै प्रहरीमा समेत अत्यन्तै सवल दक्ष जनशक्ति उपलब्ध गराउन विश्वविद्यालय प्रतिवद्ध रहेको बताएका थिए । कार्यक्रममा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उच्च शैक्षिक संस्थाहरुसँग सम्बन्ध विस्तार गर्दै नेपाल प्रहरीले आम नागरिकहरुमा रहेको दृष्टिकोण बदल्न प्रयत्नशिल रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?