+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

घर फर्किन थाले विराटनगरका बाढी प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १८:१८

१ साउन, विराटनगर । विराटनगर महानगरपालिका-६ नँया बस्तीकी ललिता कामत बुधबार मध्य दिउँसो बाढीका कारण भत्किएको आफनो घरको टाँटी (भित्तो) लिपपोतमा व्यस्त थिइन् ।

घरभित्रै पानी पसेर जमेका कारण उनको घरको टाँटी भत्किएकाले उनलाई घर लिपपोतमा समेत निकै सास्ती भइरहेको थियो ।

‘केशलीया खेाला उल्लेर आएपछि घरको आधा उचाईसम्म पानी पस्यो,’ ललिताले भनिन्, ‘केशलिया खोलाले हाम्रो घर मात्र डुबाएको छैन,हामी जस्तो निमुखाको खुसी नै खोसी दियो ।’

ललिता जस्तै रामप्रकाश कामतको अवस्था पनि उस्तै छ । उनको पनि बेशलिया खोलाले उढिबास लगाइदिएको छ । उनको पनि घर भरी पानी पसेपछि घर भित्रका अन्नबाली, लत्ताकपडा सबै डुबाएको छ ।

‘नत खानको जोहो गर्न सक्ने अबस्थामा छु,’ कामत भन्छन, ‘रात काट्न ओढ्ने ओछ्याउने छैन । हामी त जसोतसो रात काटौला, साना लालाबालालाई कसरी यो चिसो भुइँमा सुताउनु ? अहिले केही कुरा सोच्न अवस्थामा नै छुइन् ।’

विराटनगर विभिन्न वडाबाट बाढी र डुबानको कारण बिस्थापित भएपछि बिस्थापितहरुलाई अहिले यही समस्याले सबैलाई सताएको छ । महानगरले बिस्थापितहरुलाई घर फर्काएपनि उनीहरु थप समस्यामा परेका छन् ।

बाढी र डुबानका कारण तत्काल घर छाडे पनि बुधबार घर फर्केपछि उनीहरुलाई खान बस्न,र सुत्नकै समस्या भएको छ ।

स्थानीय खोलाहरुमा पानीको सहत बढेर बस्तीमा पसेपछि बिस्थापितहरुको घरभित्र रहेको अन्नबाली, लत्ताकपडा सबै डुबेको थियो ।

महानगरले विबस्थापितलाई घर फर्काउन शुरु

अविरल वर्षाका कारण बाढी तथा डुबानबाट अतिप्रभावित विराटनगर महानगरपालिकाको जनजीवन सामान्य बन्दै गएको छ ।

मनसुन रोकिएपछि बस्तीमा पसेको पानीसमेत सुकेसगै जनजीवन सामान्यउन्मुख बनेको हो ।

बाढी र डुबानबाट प्रभावित भइ महानगर अन्तर्गत विभिन्न विद्यालयमा बस्दै आएका बिस्थापितहरु पनि बुधबारबाट घर र्फकन थालिएका छ ।

विराटनगर महानगरले बाढी र डुबानमा परेका बस्तीहरुमा पानी सुकेसँगै बिस्थापितहरुलाई तत्कालका लागि केही राहातका सामग्री दिएर पुरानै थाकथलोमा फर्काउन शुरु गरेको हो ।

महानगरले बुधबार साँझसम्म सबै विस्थापितहरुलाई उनीहरुको पुरानो थाकथालोमा फर्काउने तयारीका साथ विस्थापितहरुलाई खानका लागि खाद्यान्न, बस्न र सुत्नका मेट्रेसको प्रबन्ध मिलाइ घर फर्काउन थालिएकोे मेयर भीम पराजुली बताए ।

उनले बस्तिको पानी पनि सुकिसकेकाले बिस्थापितहरुलाई साँझ सबैलाई घर फर्काइने जानकारी दिए ।

प्रदेश १ का सबै भन्दा बढी बाढी र डुबानका कारण प्रभावित जिल्ला मोरङ हो । त्यसमा पनि विराटनगर महानगरपालिका बासिन्दा सबैभन्दा बढी बाढी र डुबानका कारण प्रभावित बनेका थिए ।

महानगरका ६ वटा वडाका १ हजार बढी घर परिवारमा आश्रति १६ सय ४१ जना अस्थायीरुपमा बिस्थापित भएका थिए ।

महानगरले बिस्थापितहरुलाई तत्कालका लागि अस्थायी रुपमा बसोबासका लागि विभिन्न ६ वटा स्कुलमा क्याप खडागरी बिस्थापितहरुलाई खान र बस्नको प्रबन्ध मिलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?