Comments Add Comment

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा तीनजना सिफारिस

१ साउन, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि एक दर्जन प्रतिस्पर्धीमध्येबाट तीनजनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको छ ।

खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष छान्न सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वका समिति गठन गरेको थियो ।
समितिसमक्ष १२ जनाले प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका थिए । उनीहरुको लिखित र मौखिक परीक्षा र कार्ययोजना सहितको प्रस्तुतिका आधारमा अन्तिम तीनजनाको नाम अध्यक्षका लागि सिफारिस गरिएको हो ।

बुधवार समितिले सिफारिस गरि सरकार समक्ष पेश गरेका नाममा हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनाल, डा. नन्दविक्रम अधिकारी र दीपकराज जोशी रहेको स्रोतले जनाएको छ । यी तीनमध्ये मन्त्रिपरिषदले एकजनालाई प्राधिकरणको अध्यक्षमा चार वर्षका लागि नियुक्त गर्नेछ ।

प्राधिकरणको अध्यक्षका लागि हालका निमित्त अध्यक्ष पुरुषोत्तम खनालसहित १२ जनाले प्रतिस्पर्धा गरेका थिए । उदयपुर सिमेन्ट र जनक शिक्षा सामाग्री केन्द्रको महाप्रबन्धक रहिसकेका अनिलकुमार झा र नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य पनि प्रतिस्पर्धामा थिए ।

त्यस्तै नेपाल टेलिकमका पूर्वडीजीएम मधुसुदन कर्माचार्य, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की, दीपकराज जोशी, एनसेलमा नेतृत्वदायी भूमिकामा रहिसकेकका रोहित रौनियार र प्रकाश बराल पनि प्राधिकरणको अध्यक्षको प्रतिस्पर्धामा थिए ।

त्यस्तै डा.नन्दविक्रम अधिकारी, गोविन्दप्रसाद दाहाल, डिल्लीप्रसाद चौधरी र देवनारायण यादव पनि प्रतिस्पर्धामा थिए । दिगम्बर झाले राजिनामा दिएपछि खाली रहेको प्राधिकरणको अध्यक्षमा सरकारले ६ महिनाका लागि प्राधिकरणकै खनाललाई निमित्त दिएको थियो ।

खनालको निमित्तको अवधि सकिएपछि सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रस्तावमा सरकारले छनौट समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment