+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

प्रदेश ५ सरकारको पुँजीगत खर्च ५९ प्रतिशत मात्र

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते १९:४६

२ साउन, बुटवल । प्रदेश ५ सरकारले गत आर्थिक वर्षको बजेटको ६३ प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले शतप्रतिशत बजेट खर्च गर्ने लक्ष्य रहेको बताउँदै आएका थिए । तर, यो सम्भव हुन सकेन् ।

२८ अर्ब ९ करोड ३ लाख रुपैयाँको कूल बजेट मध्ये चालु बजेटको ७० प्रतिशत र पुँजीगत बजेटको ५९ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय बुटवलले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले ८० प्रतिशत बजेट खर्च हुने मन्त्रालयगततर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सामाजिक विकास मन्त्रालयले सबैभन्दा धेरै ७९ प्रतिशतका दरले बजेट खर्च गरेका छन् भने उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालयले सबै भन्दा कम ५१ प्रतिशत मात्रै बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले ५२ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ५६ प्रतिशत,आन्तिरिक मामिला तथा कानून मन्त्रालयले ७४ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ५८ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रदेश सभा सचिवालयको ३१ करोड ६६ लाख रुपैयाँ बजेटमा ८१ प्रतिशत, वित्त हस्तान्तरणको १९ करोड ५० लाख बजेटमा ९७ प्रतिशत र मुख्य न्यायाधिवक्ता कार्यालयको २० करोड ५० लाख बजेटमा ७७ प्रतिशत खर्च भएको छ ।

आर्थिक वर्ष २०७५।७६ को बजेटमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ३९ करोड १४ लाख,आर्थिक मामिला तथा योजना मन्त्रालयको एक अर्ब १४ करोड ९ लाख,आन्तरिक मामिला तथा कानून मन्त्रालयको ३४ करोड ६६ लाख, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ३ अर्ब ३४ करोड ६३ लाख, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ३ अर्ब ६५ करोड४५ लाख,भौतिक पुर्वाधार विकास मन्त्रालयको १३ अर्ब ६६ करोड ७७ लाख तथा सामाजिक विकास मन्त्रालयको ३ अर्ब ३२ करोड ६३ लाख रुपैयाँ बजेट थियो ।

वित्त हस्तान्तरणको १९ करोड ५० लाख बजेट थियो । जिल्लागततर्फ अर्घाखाँचीले सबैभन्दा बढी ८४ प्रतिशत र सबैभन्दा कम कपिलवस्तुले ३८ प्रतिशत बजेट मात्र खर्च गरेको छ ।

पश्चिम नवलपरासीको ७३ प्रतिशत,रुपन्देहीको ६४ प्रतिशत, पाल्पाको ७६ प्रतिशत,गुल्मीको ६५ प्रतिशत,पुर्वी रुकुमको ६९ प्रतिशत, रोल्पाको ८० प्रतिशत,प्युठानको ५० प्रतिशत,दाङको ७३ प्रतिशत, बाँकेको ६६ प्रतिशत र बर्दियाको ७७ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

संघीय सरकारबाट हस्तान्तरित सशर्त कार्यक्रम तर्फ ९ अर्ब ६९ करोड ३५ लाख रुपैयाँको बजेटमा ६अर्ब ५१ करोड २९ लाख रुपैयाँ खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?