+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

इ प्लानेट अष्ट्रेलियन युनिभर्सिटीज फेयर हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २ गते १०:२७

३ साउन, काठमाडाैं । शैक्षिक परामर्श क्षेत्रमा ख्यातीप्राप्त इ प्लानेट ‘अष्ट्रेलियन युनिभर्सिटीज फेयर २०१९’ आयोजना गर्ने भएको छ । एजुकेशन प्लानेटको रुपमा परिचित इप्लानेटले आगामी साउन ४ गते (२० जुलाई २०१९) शनिवार का दिन अष्ट्रेलियन युनिभर्सिटीज फेयर आयोजना गर्न लागेको हो ।

मेला इप्लानेटको कार्यालय बागबजारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ । मेलामा अष्ट्रेलियाका २० भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ ।

मेलामा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस), युनिभर्सिटी अफ वोल्लोङगोङ अष्ट्रेलिया, एलए ट्रब युनिभर्सिटी, युनिभर्सिटी अफ तास्मानिया, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (आइसियू), वेस्टर्न सिड्नी युनिभर्सिटी, चाल्र्स स्टर्ट युनिभर्सिटी, फेडेरेशन युनिभर्सिटी, टरेन्स युनिभर्सिटी, साउथर्न क्रस युनिभर्सिटी, यूटिएस इन्सर्च युर्निभर्सिटी अफ टेक्नोलोजी, टाफेसा युर्निभर्सिटी, एक्सेलसिया कलेज, नाभितास कलेज, केन्ट इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी, इन्टरनेसनल कलेज अफ होटल म्यानेजमेन्ट (आइसिएचएम) कलेज, एडिथ कोवान कलेज, अष्ट्रेलियन टेक्निकल एण्ड म्यानेज्मेन्ट कलेज, द होटल स्कुल, म्याक्ले कलेज, एनएलआइसीसी कलेजलगायतको सहभागिता रहनेछ ।

मेला अष्ट्रेलियाका यी कलेजहरुले विशेष छात्रवृत्तिहरु पनि प्रदान गर्नेछ । मेलामा जाने अवलोकनकर्ताहरुलाई आकर्षक गिप्mट ह्याम्परको व्यवस्था पनि गरिएको छ । मेला अवलोकन गर्नेमध्ये एक जनालाई स्मार्टफोन उपहारस्वरुप प्रदान गरिने छ । मेलाका लागि इप्लानेटको वेबसाइटमा गई नाम दर्ता गराउँदा २ सय रुपैंया बराबरको रिचार्ज पनि प्रदान गरिने छ ।

१४ बर्षदेखि सक्रिय इप्लानेटलाई वैदेशिक अध्ययनका लागि सही परामर्श दिने गणतब्यका रुपमा चिनिन्छ । इप्लानेटले अष्ट्रेलियाका ३५ भन्दा बढी युनिर्भसिटी तथा कलेजहरुसँग प्रत्यक्ष समन्वय गरी नेपाली विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आईरहेको छ ।

इप्लानेटले आइइएलटिएस र पिटिइको कक्षा पनि संचालन गर्दै आएको छ । जसमा २५ वर्ष भन्दा बढी अनुभव भएका परामर्शदाताहरुद्वारा प्रशिक्षण दिईन्छ । यसका साथै इप्लानेटले नियमितरुपमा एजुकेशन फेयरहरु, सेमिनारहरु आयोजनाका साथै करियर काउन्सिलिङ पनि गर्दै आएको छ ।

यसका साथै इप्लानेटले फि वाइभर्स, विभिन्न छात्रवृत्ति, वान टु वान काउन्सिलिङ, फाइनान्सियल तथा बैंकिङ परामर्शहरु पनि प्रदान गर्दै आएको छ ।

इप्लानेटको अष्ट्रेलियाको सिड्नी, एडिलेड, पर्थमा शाखा कार्याहरु संचालनमा छन् भने नेपालको पोखरा, चितवन, बुटवल, कावासोतीलगायतका ठाउँहरुमा शाखा कार्यालयहरु संचालनमा छन् ।

इप्लानेटले अहिलेसम्म एक हजार पाँच सय भन्दा बढी विद्यार्थीहरुलाई सही परामर्श प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?