+
+
Shares

कलर गरेको कपाललाई घामबाट कसरी जोगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १२:१२

हाम्रो कपालको प्राकृतिक रंग कालो हो । प्रायः सबै कालो रंगकै कपालमा स्वभाविक देखिन्छन् । यद्यपि, उमेर बढ्दै गएपछि कपाल फुल्ने समस्या देखिन्छ, त्यसलाई पनि कलर गरेर कि त कालै बनाउँछौं अथवा अरु कुनै कलर (इच्छा अनुसार खैरो, रातो) गर्छौं । यो त भयो बाध्यताको कुरा ।

युवापुस्तामा खासगरी युवतीहरुले आफ्नो कपालमा हल्का हाइलाइट गर्नेदेखि लिएर पुरै कपाललाई विदेशीहरु झैं खैरो अथवा रातो बनाउने प्रचलन पनि छ । यो चाहीँ फेसन हो । फेसनकै कारण युवतीमात्र होइन युवाहरुले समेत कपाललाई हाइलाइट अथवा रातो/खैरो कलर गर्ने प्रचलन बढेको छ । आफ्नो कपाललाई रंग्याएर मात्र भएन, रंग्याएको कपाललाई उचित हेरचाहको पनि आवश्यकता पर्दछ ।

यो वर्षाको मौसममा त कलर गरिएको कपाललाई अझ बढि ध्यान दिनु आवश्यक छ । वर्षामा कलर गरिएको कपालको विशेष हेरचाहका लागि हामी यहाँ उपायहरु प्रस्तुत गर्दैछौं ।

-गर्मी तथा वर्षातको मौसममा हाम्रो शरीरबाट अत्यधिक मात्रामा पसिना निस्कन्छ । पसिना आउने क्रम टाउकोमा समेत जारी रहन्छ । टाउकोबाट पसिना आएपछि कपालमा एक प्रकारको चिपचिपाहटपन हुनुका साथै धुलो-मैलो टाँसिएर कपाल चाँडै फोहोर हुन्छ ।

त्यसैले जाडोयामको तुलनामा गर्मीयाममा कपालमा बढि नै स्याम्पू लगाएर सफा गर्नु पर्छ । यदि तपाईंले कपालमा कलर गर्नु भएको छ भने वर्षातको मौसममा माइल्ड स्याम्पू प्रयोग गर्नु पर्छ । माइल्ड स्याम्पूले तपाईंको कपालको कलर सुरक्षित रहन्छ भने कपाल पनि नरम हुन्छ ।

-कलर गरिएको कपाललाई हावा, स्विमिङ पूलको क्लोरिनयुक्त पानी तथा समुद्रको पानीबाट जोगाउनु पर्छ । क्लोरिनले कपालको जरालाई कमजोर बनाउँछ ।

-कलर गरिएको कपाललाई सूर्यको अल्ट्राभ्वाइलेट किरणले पनि हानी पुर्‍याउँछ । त्यसले कलर गरिएको कपालको चमक तथा कोमलतामा नकारात्मक प्रभाव पार्छ । त्यसैले गर्मीयाममा घरबाट  बाहिर निस्कँदा टाउकोमा क्याप अथवा छाताको प्रयोग गर्नुपर्छ । स्विमिङ पूलमा स्विमिङ गर्दा अथवा समुद्री किनारमा पुग्दा सावर क्याप प्रयोग गरेर पनि आफ्नो कलर गरिएको कपाललाई जोगाउन सकिन्छ ।

-गर्मीयाममा धेरै समय घाममा बिताउनु पर्ने स्थित आयो भने कलर गरिएको कपाललाई घामबाट जोगाउनका लागि स्याम्पू गरेपछि सनसिल्ड प्रयोग गर्न सकिन्छ ।सनसिल्डमा अल्ट्राभ्वाइलेट फिल्टर हुन्छ, जसले कपाललाई सूर्यको किरणबाट जोगाउनुका साथै कपालको कलर पनि लामो समयसम्म सुरक्षित रहन्छ ।

-स्याम्पु गरेपछि कपाल सुकाउनु, घाममा बस्नु तथा हेयर ड्रायर प्रयोग गर्नु हुँदैन । त्यसो गर्नाले कपालको कलर चाँडै उड्छ । कपालको प्राकृतिक तथा स्वाभाविक नरमपन पनि कम हुन्छ । त्यसैले गर्मीयाममा कपाललाई छायाँमै सुकाउनु पर्छ ।

-कलर गरिएको कपाललाई टेक्सचराइजिङ गराउँदा अझ राम्रो र आकर्षक देखिन्छ ।

-कलर गरिएको कपाललाई पनि बेला-बेलामा काँटछाँट गर्नु पर्छ ।

-स्याम्पु गरेपछि कलर गरिएको कपालमा कन्डिसनर तथा सिरम लगाउनुपर्छ । त्यसबाट केशको प्राकृतिक नरमपन, रंग तथा कोमलता कायम रहन्छ ।

-कपालमा सधैं गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ । पहिलो पटक कलर गर्दा पहिले कानको पछाडि थोरै मात्रामा हेयर कलर लगाएर दश मिनेटजति छोड्नु पर्छ । त्यसो गर्दा कुनै प्रकारको रियाक्सन भएन भने मात्र कपालमा कलर लगाउनु उपयुक्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?