Comments Add Comment

मान्छे र सर्पबीच टोकाटोक, दुवैको मृत्यु

छिमेकी मुलुक भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ । झ्वाट्ट सुन्दा पत्यार लाग्दैन, तर यो वास्तविक घटना हो ।

एकजना व्यक्तिलाई सर्पले डस्यो । जुन सर्पले उनलाई डस्यो, ती व्यक्तिले सोही सर्पलाई दाँतले टोकेर चपाइदिए ।

दुखद् कुरा त के भने यो घटनामा ती व्यक्ति र सर्प दुवैकाे मृत्यु भयो ।

गत शनिबार दिउँसोको घटना हो यो । स्थानीय अजनवा गाउँको एक खेतमा ६० वर्षका पर्वत गाला नामका व्यक्ति काम गरिरहेका थिए ।

त्यहीँ बेला त्यहाँ एउटा विषालु सर्प देखापर्यो । सर्प देखेर खेतमा भएका अरु मानिस भागे । तर पर्वत गाला बरिया भने भागेनन् । आफूले यसअघि पनि यस्ता धेरै सर्प समाएकाले आफू नडराउने उनले भनिरहेका थिए ।

उनले उक्त सर्पलाई समाते । त्यसपछि सर्पले उनको हात तथा अनुहारमा डस्यो । आफूलाई साँपले डसेपछि ती व्यक्तिलाई रिस उठ्यो र सर्पलाई आफ्नो दाँतले चपाएर मारिदिए ।

सर्प विषालु रहेछ । सर्पको विष लागेपछि उनलाई तत्कालै स्थानीय अस्पतालमा लगियो । तर उनको अवस्था नाजुक भएकाले अर्को ठूलो अस्पतालमा रिफर गरियो । त्यतिबेला सम्म उनको सरीरमा सर्पको विष फैलिसकेको थियो । जसका कारण उनलाई अस्पतालले बचाउन सकेन ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment