Comments Add Comment

१५ लाख घुस लिने तीन इन्जिनियर पक्राउ

४ साउन, काठमाडौं । कर्णाली नदी व्यवस्थापन कार्यलय बर्दियाका तीन इन्जिनियर १५ लाख घुससहित पक्राउ परेका छन् । इन्जिनियरत्रय कमल सिटौला, विश्वेश्वर प्रसाद शाह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले निर्माण योजना तारजाली भर्ने कामको विल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनीहरूलाई १५ लाख घुस रकम लिइसकेको अवस्थामा बर्दियाको गेरूवा गाउँपालिका-१ बाट रंगेहात नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्तामा प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment