Comments Add Comment

१० खेलाडीमा सीमित सेभियासँग लिभरपुल स्तब्ध

६ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्लब खेलमा स्पेनिस क्लब सेभियासँग इंग्लिस क्लब लिभरपुल स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा सेभियाले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

सेभियाको जितमा नोलिटो र एलेजेन्ड्रो पोजोले गोल गरे । लिभरपुलका लागि डिभोक ओरिडीले गोल फर्काएका थिए ।

खेलको ३७औं मिनेटमा नोलिटोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा ओरिडीले गोल गरेपछि पहिलो हाफसम्म लिभरपुल र सेभियाले १-१ गोलको बराबरी खेले ।

खेलको ७६औं मिनेटमा जोरिस गङनोनले रातो कार्ड खाएपछि सेभिया १० खेलाडीमा सीमित भयो । १० खेलाडीमा सीमित सेभियाविरुद्ध बाँकी समयमा लिभरपुलले गोल फर्काउन सकेन । उल्टै खेलको ९०औं मिनेटमा गोल खान पुग्यो । सेभियाका लागि पोजोल गोल गर्दै २-१ गोलअन्तरको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment