Comments Add Comment

सिंगापुर र मलेसियाको सुखद सुरुवात

काठमाडौं । टी-२० विश्वकप एसिया क्षेत्र फाइनलमा सिंगापुर र मलेसियाले सुखद सुरुवात गरेका छन् ।

सोमबार भएको उद्घाटन खेलमा घरेलु टोली सिंगापुरले कतारलाई ३३ रनले हराएको छ । पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको सिंगापुरले कतारलाई १५३ रनमा समेट्यो ।

अर्को खेलमा मलेसियाले कुवेतमाथि ४२ रनको जित हात पार्‍यो । पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा सबै विकेट गुमाएर १६२ रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको कुवेतले १८ ओभरमा सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो । उसका मोहम्मद काशिफले ५१ रन बनाए पनि अरु ब्याट्सम्यान चल्न सकेनन् ।

नेपालले आफ्नो पहिलो खेलमा भोलि कतारसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment