Comments Add Comment

म खेल्नको लागि धेरै उत्सुक छु– ग्रिजम्यान

Photo Credit : मार्का

६ साउन, काठमाडौं । ब्रार्सिलोनाले आफ्नो प्रिसिजनको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार दिउँसो चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ ।

जापानमा मंगलबार हुने खेलमा स्पेनिस क्लब ब्रार्सिलोनाले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्दै गर्दा बार्सिलोनाको टिममा नयाँ एक अनुहार देखिने छन् । ती खेलाडी हुन् एन्टोनी ग्रिजम्यान । केही दिनअघि मात्रै बार्सिलोनामा अनुबन्धित भएका एथ्लेटिको मड्रिडका ग्रिजम्यान बार्सिलोनाबाट खेल्न निकै उत्सुक छन् ।

फ्रान्सेली ग्रिजम्यानले पहिलो पटक बार्सिलोनाको जर्सीमा नयाँ खेलाडीहरुसँग खेल्न आफू निकै उत्सुक रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘मेरो लागि पहिलो पटक जर्सीमा नयाँ खेलाडीसँग खेल्न निकै उत्सुक छु । म ड्रेसिङ रुम र बाहिर दुबै स्थानमा आनन्दित लिन चाहन्छु ।’

चेल्सीविरुद्ध विश्वचर्चित खेलाडी लियोनल मेस्सीसँगै उनी मैदानमा उत्रिने छन् । आफ्नो पहिलो खेल उनी अविस्मरणीय गर्ने लक्ष्यमा छन् ।
२८ वर्षीय ग्रिजम्यानले बार्सिलोनासँग ५ वर्षका लागि सम्झौता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment