+
+
Shares

जन्मकैद सुनाइएका प्रतिवादी ३४ वर्षपछि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १८:४१

८ साउन, काठमाडौं । हत्याको घटनामा अदालतबाट जन्मकैदको सजाय सुनाइएका एक प्रतिवादी ३४ वर्षपछि पक्राउ परेका छन् ।

२०४२ साल असार ३० गते बाराको तत्कालिन फेटा गाउँ पञ्चायत २ घर भएका अमलदेव यादवको हत्या आरोपमा सजाय सुनाइएका सोही ठाउँका लखिचन साहलाई प्रहरीले मंगलबार बाराको कलैया उपमहानगरपालिका १० निलकण्ठवाबाट पक्राउ गरेको हो । उनलाई सर्वोच्च अदालतले २०६० भदौ ४ गते जन्मकैदको फैसला सुनाएको थियो ।

हत्याको घटनापछि नै फरार रहेका लखिचन भारतको मोतिहारी जिल्लाको बेलदर्वा टोलमा घर बनाई खेतीपाति गरेर परिवारसँग बस्दै आएका थिए । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाराले वीरगञ्ज कारागार पठाएको प्रहरीले जानकारी दिएको छ ।

३४ वर्षअघि खेतमा पानी लाउन जाँदा पूर्व रिसइबीको आधारमा लखिचनले अमलदेवमाथि कुटपीट गरेका थिए । कुटपीटबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?