+
+
Shares

ग्लोबल रिच अष्ट्रेलियन शैक्षिक मेला हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते २०:२१

८ साउन, काठमाडौं । ग्लोबल रिचको आयोजनामा साउन ११ गते शनिबार काठमाडौस्थित होटल डेला अन्नपूर्ण दरबारमार्गमा अष्ट्रेलियन एजुकेशन मेला हुने भएको छ । नेपालमा हुने गरेका अष्ट्रेलियन युनिभर्सिटि मेला मध्ये यो विश्वस्नीय मेला हुने संस्थाले जनाएको छ ।

शैक्षिक मेला विहान १० बजे देखि सााझ ५ बजे सम्म सञ्चालन हुनेछ । शैक्षिक मेलाको उद्घाटन नेपालका लागि अस्ट्रेलियन राजदुत पिटर बुड्डले गर्नेछन् ।

शैक्षिक मेलामा विश्व सूचिमा अग्रस्थानमा रहेका अष्ट्रेलियाका उत्कृष्ठ ३५ युनिभर्सिटिहरुको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक मेलामा सहभागी विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसँग सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटिका बारेमा प्रत्यक्ष छलफल गरी आफुले अध्ययन गर्न चाहेको विषय तथा छात्रवृत्तिका सम्बन्धमा यथेष्ट जानकारी लिन सक्नेछन् ।

विगतमा जस्तै यस पटक पनि ग्लोबल रिचले उपत्यका बाहिरका तीन वटा शहर पोखरा, चितवन र बुटवलमा अष्ट्रेलियन युनिभर्सिटि मेला आयोजना गर्दैछ ।

साउन १२ गते आइतबार पोखराको सिटी स्क्वायर बैंङ्केट न्यूरोडमा विहान ११बजे देखि ४ बजे सम्म,  १३ गते सोमबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे देखि ४ बजे सम्म र १४ गते मंललबार बुटवलस्थित ग्लोवल रिचको अफिसमा बिहान ११ बजे देखि ४ बजे सम्ममेला सञ्चालन हुनेे छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?