Comments Add Comment

कात्तिकदेखि लागू हुने गरी सिटिजन्स बैंकमा ४ सहायक सीईओ नियुक्त

१० साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकले आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चारै जनालाई सहायक सीईओमा नियुक्त गरेको हो । सहायक सीईओमा नियुक्त भएका चारै जनाको लामो अनुभवले बैंकलाई थप उचाइँमा लैजाने बैंकका सीईओ गणेश पोखररेलले बताए । सीईओ पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’ को नारालाई आत्मसाथ गर्दै बैंकको नेतृत्व गरिरहेका छन् ।

करिव १९ वर्षको बैंकिंग अनुभव भएका सुमित बाबु खत्रीले १५ वर्ष कर्जा विभागको विभिन्न ओहदामा रही कार्यसम्पादन गरि गरेका व्यक्ति हुन् । प्रमुख कर्जा अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका खत्री हाल संस्थागत तथा व्यवसायिक बैंकिंग युनिट, उपभोक्ता बैंकिंग युनिट, एस. एम. ई. युनिट तथा सहवितियकरण र पूर्वाधार बैंकिंग युनिट रहेका छन् ।

सहायक सीईओमा नियुक्त भएका पारस कुमार काफ्ले १९ वर्षको बैंकिंग अनुभव भएका व्यक्ति हुन् । शाखाको संचालन तथा व्यवस्थापन, निति नियमको अनुपालन , संस्थागत कर्जा तथा एस. एम. ई. कर्जा जस्तो क्षेत्रमा अब्बल काफ्ले हाल प्रमुख संचालन अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएका थिए ।

करिब १९ वर्ष देखि बैंकिंग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्र लाल श्रेष्ठ शाखा संचालन, ट्रेड प्रसाशन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्तो क्षेत्रमा दक्ष मानिन्छन् । हाल उनी बैंकको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत छन् ।

सहायक सीईओमा नियुक्त भएकी उमंग शर्मा करिव १८ वर्ष देखि वाणिज्य बैंकमा सेवा प्रवाह गर्दै आएकी व्यक्ति हुन् । शर्माले लामो समयसम्म कर्जा विभागमा काम गरेकी थिइन् । हाल उनी बैंकको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment