Comments Add Comment

म्यूजिक भिडियोमा सँगै, फिल्ममा टाढिदै पल र आँचल

नायिका आँचल शर्मा र नायक पल शाहको नाम केही महिना अघिसम्म सामाजिक संजाल, मिडियाका समाचार र युटुबमा जसरी लिइन्थ्यो अहिले कम भएको छ । पल र आँचलले लगातार ३ वटा चलचित्रमा काम गरे । चलचित्र ‘नाई नभन्नु ल ४’बाट सुरु भएको यी दुइको एकसाथ चलचित्रमा काम गर्ने यात्रा ‘शत्रु गते’सम्म चल्यो ।

तर, यसपछि भने पल र आँचलले एकसाथ काम गरेका छैनन् । तर, चलचित्रको पर्दामा नदेखिएतापनि म्यूजिक भिडियोमा पनि दुइलाई दर्शकले देखिरहेका छन् । दर्शकले नै यो जोडीलाई ‘आँप’ जोडी भनेर नाम जुराइदिएका थिए । तर, अहिले समय बदलिएको छ । पल र आँचलको प्रेम यात्रामा पनि ब्रेक लागिसकेको छ ।

उसो भए, यी दुइले एकसाथ चलचित्र खेल्दैनन् त ? यो भन्न सकिने कुरा होइन । केही दिन अगाडि मात्र फ्यानले सोधेको यही प्रश्नमा आँचलले ‘संभवत चाडै नै’ भन्ने जवाफ दिएकी थिइन् । तर, अहिले नायक पल शाह चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा काम गर्ने तयारीमा छन् । यसैले उनले यो बर्ष अरु चलचित्र साइन गर्ने संभावना कम छ । यता, नायिका आँचल शर्माले बुधबारमात्र चलचित्र ‘झिंगे दाउ’ साइन गरिन् । जसमा उनी मुकुन भुषाल र केकी अधिकारीको साथमा पर्दा शेयर गर्दैछिन् ।

पल र आँचलको काम गराई हेर्दा दुबै जना चलचित्रको पर्दामा भने टाढा देखिएका छन् । हुनत, चलचित्र बनाउनेले नै पल र आँचललाई एकसाथ अफर नगरेको हुनसक्छ । तर, दर्शकलाई ‘आँप जोडी’को चलचित्रको प्रतिक्षा भने खुबै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment