Comments Add Comment

ड्रेसेलले तोडे फेल्प्सको रेकर्ड

काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसेलले माइकल फेल्प्सको १० वर्ष पुराना रेकर्ड तोडेका छन् ।

दक्षिण कोरियाको वांझुमा जारी फिना विश्व पौडी च्याम्पियनसिपको सेमिफाइनलमा ड्रेसेलले १०० मिटर वटरफ्लाई ४९.५० सेकेण्डमा पुरा गरेका हुन् ।

यससँगै उनी फेल्प्सको रेकर्ड भन्दा ०.३२ सेकेन्ड अगाडि रहे ।

२२ वर्षीय ड्रेसेल रुसका आन्द्रेड मेनाकाभभन्दा १.४४ सेकेण्ड अगाडि रहे ।

यो दुई दिनमा दोस्रो पटक फेल्प्सको रेकर्ड तोडिएको छ । यसअघि हंगेरीका १९ वर्षीय क्रिस्टोफमिलकले पुरुष २०० मिटर बटरफ्लाईमा स्वर्ण जित्दा फेल्प्सको रेकर्ड तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment