Comments Add Comment

यू–१५ साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल भारतसँग

१४ साउन, काठमाडौं । यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले मंगलबार सार्वजनिक गरेको खेल तालिकामा नेपालको पहिलो प्रतिद्वन्द्वी घरेलु टिम भारत परेको छ । प्रतियोगितामा पाँच देशको सहभागिता रहेने छ ।

नेपाले आफ्नो पहिलो खेल अगष्ट २१ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ । कल्यानी रंगशालामा हुने खेलमा नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ ।

राउण्ड रोविनमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल भने अगष्ट ३१ तारिखमा हुनेछ ।

हेर्नुहोस् खेल तालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment