+
+
Shares

१३ वर्षपछि ‘निकम्मा’बाट कमब्याक गर्दै शिल्पा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १६ गते १३:३९

सब्बिर खानको निर्देशनमा चलचित्र ‘निकम्मा’ बन्दैछ । यो चलचित्रलाई एक्सन र प्रेमको कथा भनिएको छ । यो चलचित्रमा नयाँ जोडीहरु अभिमन्यू देसानी र सिर्ले सेतियाले काम गर्दैछन् । केही दिन अगाडि मात्र यो चलचित्र र मुख्य कलाकारको घोषणा भएको थियो ।

तर, अब यो चलचित्रमा बलिउडकी सुन्दरी नायिका शिल्पा सेट्टीले पनि काम गर्ने भएकी छिन् । शिल्पा १३ बर्षपछि आफूलाई पर्दामा कमब्याक गराउने तयारीमा छिन् । यो चलचित्रमा शिल्पाले अहिलेसम्म नगरेको भूमिका पाएकाले गर्न लागेको बताइएको छ । शिल्पाले यस्तो खालको भूमिकाका लागि चुनौती मोल्न आफू तयार रहेको बताउँदै काम गर्न लागेको खुलाएकी छिन् ।

शिल्पाले भारतीय मिडियासँग भनिन्–‘म मेरा दर्शकका लागि नयाँ खालको भूमिका पस्कन आतुर छु । यो मेरा लागि आफैमा चुनौतीपूर्ण नै छ ।’ निर्देशकले शिल्पा हरेक महिलाका लागि विशेष कलाकार भएको भन्दै उनको भूमिका दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?