+
+
Shares

मनोज पुनका सहयोगी दंगोरिया पक्राउ

टोपराज शर्मा टोपराज शर्मा
२०७६ साउन १७ गते २०:१६

१७ साउन, बुटवल । देवदहका काष्ठ व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकार रहेका मनोज पुनका मुख्य सहयोगी ओमप्रकाश दंगोरिया थारु पक्राउ परेका छन् ।

२०७४ साल चैत ९ गते देवदह ४ भवानीपुरमा पौडेललाई गोली प्रहार गरी भएको हत्यामा संलग्न चौधरी फरार रही भारतको नौतनवामा लुकेर बस्दै आएका थिए । रुपन्देही प्रहरीले भारतीय प्रहरीको सहयोगमा नेपाल भारत सीमा क्षेत्र बेलहियामा ल्याई शुक्रबार उनलाई पक्राउ गरेको हो ।

देवदहमै युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारी हत्याका मुख्य अभियुक्त मनोज पुनसंग मिलेर बसन्त पौडेलको हत्याको योजना बनाउन दंगोरियाको संलग्नता रहेको थियो । पौडेललाई हत्या गर्न हतियार र मोटरसाइकलको व्यवस्थापन गर्ने कार्यमा दंगोरियाको संलग्नता देखिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्म भण्डारीले बताए ।

यसका साथै ओमप्रकाश चौधरीले रुपन्देहीको तिलोत्तमाका रमेश चौधरी लगायतलाई समेत लुटपाट गरी फरार रहेका थिए ।

आफूसंग १७ तोला सुनका गहना भएको र उक्त गहना बेचबिखन गर्नुपर्ने छ भन्दै रुपन्देहीको सम्मरीमाई गाउँपालिका थुमुवामा बोलाई आफ्ना साथमा रहेको नगद १० लाख रुपैया समेत लुटेर लगेको अभियोग पनि उनीमाथि थियो । थारुले २०६५ सालमा रुपन्देहीकै ब्यवसायी शरदमान श्रेष्ठलाई अपहरण गरी बन्धक बनाई लुटपाट गर्ने प्रयत्न गरेको समेत उजुरी परेको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?