+
+
Shares

विपिनको ‘सेल्फी किङ्ग’ फागूण २३ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते ११:३९

नायक विपिन कार्कीको मुख्य भूमिका रहनेगरि चलचित्र ‘सेल्फी किङ्ग’को निर्माण हुने भएको छ । चलचित्रको कथावस्तु विपिनकै वरिपरी घुम्नेछ । यो चलचित्रलाई दिनेश राउतले निर्माण गर्न लागेका हुन् । दिनेशले नै विपिनलाई मुख्य भूमिकामा लिएर चलचित्र ‘प्रसाद’ निर्देशन गरेका थिए । यो चलचित्रलाई विशाल सापकाटाले निर्देशन गर्दैछन् ।

पिक्चर फ्रेमको ब्यानरमा बन्न लागेको चलचित्रको छायांकन भदौको मध्यबाट सुरु गरिनेछ । चलचित्रमा विपिन कार्कीको साथमा कलाकार लक्ष्मी बर्देवा फाइनल भएकी छिन् । निर्माता दिनेश राउतका अनुसार, चलचित्रको कथा काठमाण्डौबाट जुम्ला–जुम्लादेखि काठमाण्डौसम्मको छ ।

यसैविच, निर्माता राउतले अनलाइनखबरसँग कुरा गर्दै चलचित्रलाई फागूण २३ मा रिलिज गर्ने तयारी गरिएको बताए । यो मितिमा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ पनि रिलिज हुँदैछ । दिनेशले यो मितिमा धेरै बिदा भएकाले २ चलचित्र आउँदा खासै असर नगर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?