Comments Add Comment

धनगढीमा कपडा बैंक सञ्चालन

२० साउन, धनगढी । धनगढी उप-महानगरपालिका-४ शिवपुरी धाममा स्थापना गरिएको कपडा बैंकको सोमबार उद्घाटन गरिएको छ ।

धनगढीका व्यवसायीहरु गोपाल हमाल, श्याम हमाल र देवेन्द्र हमालको १५ लाखको लगानीमा निर्माण गरिएको कपडा बैंकको सोमबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

सुदूरपश्चि प्रदेशसभा सदस्य डिल्लिराज पन्त र धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर वडले संयुक्तरुपमा कपडा बैंकको उद्घाटन गरेका हुन् ।

कपडा बैंकको उद्घाटनपछि प्रदेशसभा सदस्य पन्तले धार्मिक क्षेत्रमा निःशुल्क कपडा बैंक सञ्चालन गरेर हमाल दाजु/भाइले पुण्यको काम गरेको बताए ।

धर्म र आस्था जोडिएको क्षेत्रमा प्रयोग गर्न मिल्ने कपडा संकलन र वितरण सुरु भएपछि विपन्न बर्गलाई धेरै सहज हुने उनको विश्वास छ ।

धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर वडले यस क्षेत्रको आवश्यकता अनुसार नै खोलिएको कपडा बैंकले प्रत्येक्ष लाभ पुग्ने बताए । ‘बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत विश्वास लिएको छु,’ उनले भने, ‘सम्पूर्ण धनगढी उप-महानगरवासीलाई प्रयोग गर्न मिल्ने कपडा संकलनमा सहयोग गर्न आग्रह गर्दछु ।’

सञ्चालन श्याम हमालले धार्मिकसागै सामाजिक कार्यसमेत गर्ने उद्येश्यका साथ कपडा बैंक सञ्चालन गरेको बताए । ‘हाम्रो समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने पनि धेरै छन, नच्यातिएका र लगाउन मिल्ने लुगा त्यस्तै फालिएका हुन्छन,’ हमालले भने, ‘हामीले त्यसैलाई व्यवस्थापन गरेर असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई वितरण गर्ने सोच बनाएका हौं ।’

कपडा बैंकका अर्का सञ्चालक गोपाल हमालले जो कोहीले पनि कपडालगायतका सामान ल्याएर दिन सक्ने बताए । ‘कपडा बैंक गरीबले लैजाने र धनीले दिने केन्द्र मात्र होइन,’ उनले भने, ‘आवश्यकता भएकाले लैजाने र आवश्यकता भन्दा केही बढि भएकाले दिने मात्रै हो ।’

उनले बैंकमार्फत प्रयोग गर्न मिल्ने कपडा, शिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडा लगायतका मानव जविनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने बताए ।

बाढी, पहिरो, आगलागी पीडितलाई पनि बैंक सञ्चालन भएपछि सहयोग हुने विश्वास लिइएको छ ।

कपडा बैंक गर्मी मौसममा विहान ८ देखि १० र सााझ ५ देखि ७ बजेसम्म खुल्ला रहने छ भने जाडो मौसममा विहान ८ देखि १० र सााझ ४ देखि ६ बजेसम्म खुल्ला रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment