+
+

नागपोखरीमा यसरी गरियो नाग पूजा, हेर्नुस् तस्वीर

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ साउन २० गते १५:२८

२० साउन, काठमाडाैं । आज श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी पर्व । आजकै दिनदेखि वर्षा कम हुँदै जान्छ र चाडपर्व सुरु हुन्छन् ।

आजका दिन परम्पराअनुसार नागको पूजाअर्चना गर्ने गरिन्छ । ब्राहमाणले आफ्ना जजोमानका घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गरिदिने प्रचलन छ ।

यस्तो गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक विश्वास छ ।

नागपञ्चमीको अवसरमा सोमबार काठमाडैंको नागपोखरीमा विधि पुर्‍याएर पूजा गरिएको छ । धार्मिक विश्वास राख्नेहरू विहानै नागपोखरी पुगेर दूध चढाएर पूजाअर्चना गरेका छन् ।

हेर्नुस् केही तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?