Comments Add Comment

प्रदेश ३ मा घुम्ती प्रयोगशाला र चारवटा पशु एम्बुलेन्स

२० साउन, हेटौंडा । प्रदेश २ माटो परीक्षणका लागि घुम्ती प्रयोगशाला निर्माण गरिएको छ । बसभित्र आधुनिक प्रयोगशाला बनाई ठाउँ ठाउँमा लगी माटो परीक्षण गर्न सकिने बनाइएको हो ।

प्रदेश ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ८० लाख रुपैयाँ लागतमा खरिद गरेको भ्यानले दैनिक रुपमा ३० वटा माटोको नमुना स्थलगत रुपमा नै परीक्षण गर्न सक्नेछ । उक्त घुम्ती सेवा सोमबार माटो परीक्षण केन्द्र हेटौंडालाई हस्तान्तरण गरिएको छ । घुम्ती सेवा बसबाट वार्षिक १२ हजार कृषक परिवार लाभान्वित हुने लक्ष्य लिइएको छ ।

यस्तै बिरामी पशु चौपायालाई उद्दार गरी भेटरीनरीसम्म पुर्‍याउन  ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले जिल्ला समन्वय समितिका प्रमुखहरुलाई पशु एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

विरामी चौपायको उद्धार गरी थप उपचारको व्यवस्था गर्न मन्त्रालयले कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एक/एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

मन्त्रालयले ५ करोड ६० लाख रुपैयाँ लागतमा माटो परीक्षण घुम्ती प्रयोगशाला र एम्बुलेन्स भ्यान खरिद गरी हस्तान्तरण गरेको हो ।

यस्तै मुख्यमन्त्री पौडेलले हेटौंडामा विषादी अवशेष परीक्षण प्रयोगशाला उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment