Comments Add Comment

यूरोपका व्यापारीसँग राखीको बिहे

बलिउडकी विवादित आइटम गर्ल राखी सावन्तको विवाह र हनिमुनको तस्वीरले मिडियामा राम्रै स्थान जमायो । तर, राखीले कोसँग विवाह गरेकी हुन् भन्ने कसैले थाहा पाएका थिएनन् । राखीले गोप्य रुपमा विवाह गरेकी थिइन् ।

समाचारमा एनआरआइसँग विवाह गरेको खबरहरु आइरहे पनि कोसँग भन्ने खुलेको थिएन । अब भने राखीले कोसँग विवाह गरेकी हुन भन्ने कुराको खुलासा भएको छ । राखीले ३६ वर्षीय एनआरआइ रितेशसँग विवाह गरेकी हुन् । रितेश युरोपमा बसेर व्यापार गर्छन् ।

राखीले रितेशसँग हिन्दु र इशाई दुबै संस्कारबाट विवाह गरेकी हुन् । जुलाई २९ मा उनीहरुले ५ तारे होटलमा भव्य विवाह गरेका थिए । योसँगै उनीहरुले कोर्ट म्यारिज पनि गरिसकेका छन् ।

राखीको विवाहमा उनका परिवार र आफन्त मात्र उपस्थित थिए । जहाँ तस्वीर खिच्न पनि बन्देज लगाइएको थियो । राखीले सामाजिक संजालमा विवाहपछिको तस्वीरहरु सार्वजनिक गरिरहेकी हुन्छिन् । विवाह र हनिमुनको तस्विर पनि उनैले सार्वजनिक गरेकी हुन् । अहिले उनले विवाहको समयमा खिचेका तस्वीरहरु पनि सार्वजनिक गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment