+

चाहर र पन्तले भारतलाई जिताए, सिरिज क्लिन स्विप

२०७६ साउन  २२ गते १०:१८ २०७६ साउन २२ गते १०:१८
चाहर र पन्तले भारतलाई जिताए, सिरिज क्लिन स्विप

काठमाडौं । दीपक चाहरको शानदार बलिङ र विराट कोहली र ऋषभ पन्तको जोडदार ब्याटिङको मद्दतमा भारतले वेष्टइण्डिजलाई अन्तिम टी–२० मा हराएको छ र तीन म्याचको सिरिज क्लिन स्विप गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टइण्डिजले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो । उसका लागि किरन पोलार्डले सर्वाधिक ५८ रन बनाए । उनले एक चौका र छक्का हानेका थिए ।

उनको विस्फोटक पारी अघि भारतका दीपक चाहरले ३ ओभरमा ४ रन खर्चिएर तीन विकेट लिएका थिए ।

जवाफमा मैदान उत्रिएको भारतले अन्तिम ५ बल बाँकी छँदा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको सुरुवात भने खराब थियो । मात्र २७ रन जोड्दा केएल राहुल र शिखर धवन आउट भइसकेका थिए ।

कप्तान कोहली र पन्तले तेस्रो विकेटका लागि १०६ रनको साझेदारी गर्दै पारी सम्हाले । कोहलीले ५९ रन बनाए भने पन्त ६५ मा अविजित रहे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय