+
+

कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेज अस्वीकार्य : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते १८:११

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज स्वीकार्य नहुने बताएको छ ।

सरकारले कर्मचारी ट्रेड युनियनलाई निरन्तरता र बैधानिकता दिने प्रस्ताव गरे पनि बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा सांसदहरुको मत बाझिएको थियो ।

समितिमा केही सांसदहरुले खारेज गर्नुपर्ने धारणा राखेपछि कांग्रेस संसदीय दलले विज्ञप्ति प्रकाशित गरी आफ्नो धारणा व्यक्त गरेको हो ।  प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति प्रकाशित गरी कर्मचारीको ट्रेड युनियन खारेज गर्नु दुःखद हुने भन्दै कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘ट्रेड युनियन खारेजीको धारणा नेपाली कांग्रेसलाई स्वीकार्य छैन । ट्रेड युनियन खारेज सम्बन्धी कुनै पनि प्रस्ताव अगाडि नबढाउन सरकार र सम्बन्धित पक्षलाई नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ ।’

यो पनि पढ्नुहोस्–

सरकारी कर्मचारीलाई कार्यालय समयमा निजी काममा बन्देज ! 

कर्मचारीको सामूहिक राजीनामा स्वीकृत गर्ने सहमति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?