Comments Add Comment

शरीरलाई यसरी बनाउनुहोस् विकारमुक्त

खराब खानपान, दुषित पर्यावरण आदिको कारण शरीरभित्र विकार जम्न पुग्छ । यसरी जमेको विकारले शरीरलाई रोगी एवं जीर्ण बनाउँछ । अतः उचित खानपानबाटै शरीरका यस विकार हटाएर शुद्धिकरण गर्न सकिन्छ ।

यो एक विशेष प्रकारको आहार हो, जसले हाम्रो शरीरमा संचित विषाक्त पदार्थ बाहिर निकालेर त्यसलाई शुद्ध गर्छ । यो सुपाच्य हुन्छ । यसको सेवनले हाम्रो पाचन तन्त्रलाई विश्राम मिल्छ । साथै विजातिय तत्वलाई पाचन प्रणाली एवं शरीरबाट निष्कासन गर्छ । उक्त आहार हाम्रो शरीरबाट विजातिय तत्वबाट मुक्त गराउन सहायक हुन्छ ।

शरीरलाई यी विकारबाट मुक्त गराउन किन आवश्यक छ ?

किनभने हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका खानपानले पनि हाम्रो शरीरभित्र यस किसिमको विकार पैदा गर्छ ।

हामी सधै स्वास्थ्य खानपान गरिरहेका हुँदैननौं । स्वास्थ्य दिनचर्या पालना गरिरहेका हुँदैनौ । यसका साथै वातावरणमा उपस्थित विकिरण तथा मानसिक तनावले पनि शरीरमा प्रतिकुल प्रभाव पारिरहेको हुन्छ ।

साधारणतय हाम्रो शरीर तन्त्र यी विष संचयनलाई निष्काषित गर्न सक्षम हुन्छ । साथै एक दैनिक प्रक्रियाको रुपमा स्वतः निष्काषित पनि भइरहेको हुन्छ । यद्यपी जसरी ति विषाक्त तत्व एवं विकार शरीरबाट बाहिर निष्कासन हुनुपर्ने हो, त्यसरी भइरहेको हुँदैन । कहिले काहीँ शरीरले पनि यि तत्वको निष्कासन सही ढंगले गर्न सक्दैन ।

यदि हामी शरीरको जैविक घडी अनुसार चल्ने हो र प्राकृतिक जीवनयापन गर्ने हो भने विजातिय तत्व निष्कासित हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउने, योग वा व्यायाम गर्ने । मल त्याग गर्ने, पसिना निकाल्ने गर्नुपर्छ । यावत् विधी शरीरलाई शुद्धिकरण गर्नमा सहायक हुन्छ ।

आयुर्वेदको अवधारणा केही अलग हुन्छ । यदि तपाईंले सही खानपान गर्नुभयो भने शरीर शुद्धिकरण विधी धेरै सहज र प्रभावकारी हुन्छ ।

यस प्रक्रियालाई कति समयमा दोहोर्‍याउनुपर्छ ?

यो कुरा तपाईंको शरीरमा संचित विषाक्त पदार्थमा निर्भर गर्छ । साधारणतय यसलाई हरेक तीन महिलापछि एक पटक गर्नुपर्छ । कतिपय व्यक्तिका लागि भने वर्षमा एक पटक गर्दा पनि पर्याप्त हुन्छ ।

के यो विभिन्न प्रकृति जस्तो वात, पित, कफ का लागि अलग अलग हुन्छ ? यसको सेवन तय गर्ने आधार के हो ?

शुद्धिकरण आहार दुई प्रकारको हुन्छ । यसमा पहिलो आहार साधारणतय सबै मान्छेका लागि लाभदायक हुन्छ । एवं यो आहार सबै व्यक्तिले लिन सक्छन् ।

दोस्रो आहार, मान्छेको शरीरमा उपस्थित विजातिय पदार्थको मात्रा वा शरीरको कुन अंगमा त्यो जमेर बसेको भन्ने कुराले निर्धारण गर्छ । यसका लागि व्यक्तिको शरीरको प्रकृति -वात, कफ, पित)लाई पनि ध्यानमा राखिन्छ । एक आयुर्वेदिक चिकित्सकले नाडी परीक्षण एवं अन्य जाँचबाट यो कुरा पत्ता लगाउन सक्छन् ।

यसमा कुन प्रकारको आहार लिनुपर्छ ?

जीर्ण रोगले ग्रस्त व्यक्तिका लागि एक साधारण भोजन शैलीले लाभ हुँदैन । उनीहरुका लागि विशेषज्ञद्वारा एक विशिष्ठ आहार तय गरिन्छ । विषाक्त पदार्थ निष्कासनका लागि एक उपचार पद्धती हुन्छ, जसलाई पञ्चकर्म भनिन्छ । यस पद्धतीमा विभिन्न आहार सम्मिलित गरिन्छ । यद्यपि यसमा आहारभन्दा धेरै संचित मल निष्कासनमा जोड दिइन्छ । मधुमेह रोगीले चाहि यस आहार प्रणाली अपनाउनुअघि चिकित्सकसँग परामर्श गरेको राम्रो हुन्छ ।

यहाँ हामीले जुन आहारको बारेमा बताइरहेको छौं, त्यो सुरक्षित एवं जोकोहिले अपनाउन सक्ने किसिमको छ । आफ्नो व्यक्तिगत शारीरिक अवस्थालाई हेरेर केही फेरबदल पनि गर्न सकिनेछ ।

पहिलो तीन दिन

यस आहारमा पहिलो तीन दिन फल, फलको रस, तरकारी वा तरकारीको रस सेवन गर्नुहोस् । यी सबै काँचै खान मिल्ने किसिमको हुनुपर्छ, पकाउन जरुरत नपरोस । यी हल्का र सुपाच्य हुन्छ, जसले शरीरबाट विजातिय पदार्थ निकाल्न सहयोग गर्छ ।

तीन दिन पछि १० दिनसम्म

तीन दिनपछि क्रमस फल, रस वा तरकारीसँगै पकाएको आहार लिन सकिनेछ । यसमा सुप, मुंगको दाल आदि सेवन गर्न सकिनेछ । यसमा तपाईंले खिचडी पनि सम्मिलित गर्न सक्नुहुनेछ । यस किसिमको आहार तपाईंले १० दिनसम्म अपनाउनुपर्नेछ ।

यस किसिमको आहार तालिका अपनाएर तपाईंले शरीरभित्रको विषाक्त पदार्थ निष्कासन गर्न सक्नुहुनेछ । अर्थात शरीरको शुद्धिकरण गर्न सक्नुहुनेछ ।

विशेष आहार व्यवस्थापन

दोस्रो किसिमको आहार व्यवस्थापन भने विशेषज्ञसँग परामर्श लिएर सुरु गर्नु राम्रो हो । यस अन्र्तगत प्रत्येक तीन महिनापछि १० दिनका लागि यो प्रणाली अपनाउन सकिन्छ । ऋतु परिवर्तनको समयमा हाम्रो शरीर पनि केही परिवर्तन हुन्छ । भोजनमा केही परिवर्तन हुन्छ । यस समयमा शरीरमा विषाक्त तत्व संचयनको संभावना अरु बढी हुनछ ।

शरीर शुद्धिकरणका लागि उपयुक्त आहार तालिका अपनाइसकेपछि क्रमस आफ्नो नियमित खानपानमा र्फकन सकिनेछ । यद्यपि हामीले स्वस्थ्यवर्द्धक खानेकुरा नै रोज्नुपर्छ । सुपाच्य र सन्तुलित भोजन हुनुपर्छ । मौसमी हुनुपर्छ । स्थानिय भेगको उत्पादन हुनुपर्छ ।

यसबाट के लाभ हुन्छ ?

तपाईंको पाचन शक्तिमा सुधार हुन्छ । छाला सफा एवं चम्किलो हुन्छ । शरीरको उर्जा बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment