+
+
Shares

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा वितरण

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको अर्जुनधाराका १८ अव्यवस्थित बसोबासी परिवारलाई बिहीबार जग्गाधनी पुर्जा वितरण गरिएको छ।
  • जिल्ला भूमि समस्या समाधान समिति झापाले लामो समयदेखि जग्गाधनी प्रमाण पुर्जा नपाएका स्थानीयलाई लालपुर्जा उपलब्ध गराएको हो।
  • भूमि व्यवस्था मन्त्रालयले भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखी लालपुर्जा वितरणलाई थप प्रभावकारी बनाएको जनाएको छ।

७ साउन, काठमाडौं । झापाको अर्जुनधारामा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका १८ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार १८ परिवारलाई लालपुर्जा वितरण गरेको हो ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको भूमि मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले बर्दियाको बढैयातालका र झापाको बुद्दशान्तीका भूमिहिनलाई लालपुर्जा वितरण गरेको थियो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?