
कलाकार भैसकेपछि फरक–फरक भूमिकामा काम गर्न सक्नुपर्छ । कलाकार भर्सटायल भएमात्र दर्शकले पनि रुचाउँछन् । एउटै किसिमको अभिनय गरेर धेरै कलाकार हराएका छन् वा चाडै पलायन पनि भएका छन् । नेपाली चलचित्रमा भर्सटायल अभिनय गर्ने कलाकार थोरै छन् । यसमध्ये एक हुन्, नायिका नम्रता श्रेष्ठ ।
नम्रता श्रेष्ठले चलचित्रमा हरेक किसिमको भूमिका गर्दा दर्शकले उनलाई रुचाएका छन् । अब, भने नायिका श्रेष्ठले आफूलाई नकारात्मक भूमिकामा काम गर्न मन लागेको बताएकी छिन् । चलचित्रमा उनी प्रेमिकादेखि मार्सल आर्ट खेलाडीसम्म भएकी छिन् ।
अब, भने चलचित्रमा नेगेटीभ क्यारेक्टर गर्न मन लागेको नम्रताले बताइन् । चलचित्र ‘जाइरा’मा आफूलाई ‘बुलेट’ नामको क्यारेक्टर खुबै मन परेपनि निर्देशकले शिर्ष भूमिका आफ्नै लागि सोचेका कारण गरेको उनले सुनाइन् ।
नम्रता आफै पनि चलचित्र निर्माण गरिरहेकी छिन् । अब, अरु निर्माताले उनलाई नकारात्मक भूमिकाका लागि अफर नगरे आफै निर्माण गरेर इच्छा पुरा गर्ने कि ?
प्रतिक्रिया 4