+
+

सेयरधनीलाई एलआईसी (नेपाल) को ७० प्रतिशत लाभांश

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते २०:३४

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १७औं वार्षिक साधारणसभा शुुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आव २०७४–०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७० प्रतिशत लाभांश पारित गरेको छ ।

आव २०७४–०७५ मा कम्पनीले १,३३,३०९ नया“ बीमालेख बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत २ अर्ब ८८ करोड ८९ लाख संकलन गर्न सफल भएको थियो ।

आषाढ मसान्तसम्ममा कम्पनीमा कूल चालु बीमालेखको संख्या ७ लाख ३४ हजार ६०८ र कूल जीवन बीमा कोषमा रु. ४ हजार २२३.३४ करोड संकलन भएको छ ।

आब २०७४/०७५ मा कम्पनीको कूल जीवन बीमा कोषमा २५.८५ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ९.७० प्रतिशत, लगानीतर्फ २१.७६ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा ५५.६७ प्रतिशत को बृद्धिदर रहेको थियो ।

कम्पनीका अध्यक्ष एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद ज्ञापन गर्दै एलआईसी नेपालको २०७५/७६को वाषिर्क साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गरिने बताए ।

आब २०७५/०७६ मा पनि कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा ४६.३६ प्रतिशतको बृद्धिदरका साथ कूल वीमाशुल्क आर्जन रु. १ हजार ३४१.१७ करोड जम्मा गर्न सफल भएको समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?