+
+
Shares

डेरामा बस्दै हुनुहुन्छ ? ख्याल गरौं है यी कुरा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २६ गते १२:०१

सरकारले घर भाडामा बसेको कर लिने कानूनलाई कडाइका साथ लागू गरेपछि अहिले शहरमा घर भाडामा बस्नुअघि भाडामा बस्ने तथा घर धनीबीच विभिन्न प्रकारका सम्झौता गर्नु पर्ने अघोषित नियम समेत लागू भएको छ ।

घर भाडामा बस्नुअघि दुबै पक्षले एक प्रकारको सम्झौता गर्नु पर्छ, त्यसलाई चलनचल्तिको भाषामा रेन्ट एग्रिमेन्ट पनि भनिन्छ । रेन्ट एग्रिमेन्ट भन्नाले कुनै पनि कोठा, फ्ल्याट, घर अथवा सम्पत्ति भाडामा दिनु भन्दाअघि भाडावाला तथा घर धनीबीच सम्झौताका लागि तयार परिएको कागजपत्र भन्ने बुझिन्छ ।

बढ्दो शहरीकरणसंगै अहिले घर भाडामा दिनुलाई पनि आम्दानीको राम्रो स्रोतको रुपमा लिन थालिएको छ । शहरका प्रायः सबै घर धनीहरु आफ्नो खाडी भएको घर, फ्ल्याट तथा कोठा भाडामा दिएर आम्दानीको स्रोत खोजिरहेका हुन्छन् । त्यस्तै भाडामा बस्नेहरुको लागि पनि राम्रो कोठा, फ्ल्याट अथवा घर पाउनु भनेको वरदान समान नै हुन थालेको छ । शहरमा आफ्नै घर नहुनेहरुका लागि कोठा अथवा फ्ल्याट भाडामा लिनु एउटा बाध्यात्मक परिस्थिति झै हुन्छ भने आर्थिक रुपले सहज समेत मानिन्छ ।

रेन्ट एग्रीमेन्ट घर धनी र भाडावालाबीचको सम्झौताको लागि तयार पारिएको एउटा कागज हो, जसमा घरधनीका सम्पूर्ण शर्तहरु लिखित रुपमा लेखिएका हुन्छन्, जसमा घरधनी र भाडावालाको सहमतिपछि नै हस्ताक्षर गरिन्छ । भाडामा बस्नुअघि घर धनीसंग भाडाको सम्झौता गर्नु भविष्यका लागि पनि लाभदायक सिद्ध हुन्छ । यदि उक्त सम्झौता पत्रमा कुनै प्रकारको परिर्वतन गर्नु परेमा  घरधनी र भाडावालले ३० दिन पहिले नै सूचना दिनु पर्ने एक प्रकारको नियम नै हुन्छ । त्यसैले भाडा सम्झौता पत्रमा उल्लेख गरिएका त्यस्ता धेरै कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ, जुन घरधनी र भाडावाला दुवैको लागि आवश्यक हुन्छ ।ध्यान दिनु पर्ने केही कुराहरु यस्ता छन्ः

-भाडा सम्झौता पत्र प्रँयः सधैं स्ट्याम्प पेपरमा नै बनाइन्छ, जसमा घरधनी र भागावाल दुवैको हस्ताक्षर हुनु आवश्यक छ ।

-भाडा सम्झौता पत्रमा घरधनी र भाडावालको नाम पुरा र स्पष्ट रुपमा लेखिएको हुनु पर्छ । भाडामा दिने स्थानको पूरा ठेगना पनि लेख्नु पर्छ ।

-भाडा सम्झौता पत्रमा सही जानकारी हुनु पर्छ, भाडामा दिने समय अवधि र मिति समेत खुलाउनु पर्छ, कुन दिनबाट भाडा लागु हुने भन्ने कुरा पनि प्रष्टसंग लेखिएको हुनुपर्छ ।

-भाडा सम्झौता पत्रमा भाडावालाद्वारा तिर्नु पर्ने भाडाको दर पनि उल्लेख गरिएको हुनु पर्छ । कुन मिति र महिनाको शुरुआत अथवा अन्त्यमा भाडा कहिले तिर्ने र कति समयको लागि घरभाडामा दिने त्यो पनि खुलाउनु आवश्यक छ ।

-भाडावालालाई घरधनीले के-के सुविधा प्रदान गर्ने हो, त्यसको जानकारी पनि भाडा सम्झौता पत्रमा खुलाउनु पर्छ । कोठासंगै अन्य के-के सामाग्रीहरु प्रदान गरिने हो त्यो पनि उक्त पत्रमा लेखिएको हुनु पर्छ ।

-भाडावालाले घर छोड्नु परेमा अथवा घरधनीले कोठा खाली गराउनु परेमा एक महिना अगाडि नै जानकारी दिनु पर्ने कुरा पनि उक्त सम्झौता पत्रमा उल्लेख गरिनु पर्दछ ।

-घरधनीले भाडा सम्झौता पत्र बनाउनका लागि कुनै वकीलको सल्लाह पनि लिन सक्नेछन् ।

-भाडा बस्ने र भाडा प्रयोग गर्नेको १८ वर्ष भन्दा माथिका विवाहित तथा अविवाहित सबै सदस्यहरुको नाम उक्त पत्रमा लेख्नु पर्छ । त्यसो गर्दा सबैलाई घरको  रेखदेख र जिम्मेदारी दिन सहज हुन्छ र भाडाको पैसा पनि कोहि एकबाट उठाउन सकिन्छ ।

-घरधनीले भाडावालाको बारेमा सोधपुछ गर्न सक्नेछन्, जसका कारण भाडावालासँग सम्बन्धित सामाजिक गतिविधिहरु र अपराधिक पृष्ठभूमि छ भने पनि थाहा हुन्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?