Comments Add Comment

राष्ट्र बैंकको कार्यकारी निर्देशकमा मिश्रको बढुवा

२६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक जनालाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ । यस अघि राष्ट्र बैंकको का.मु. कार्यकारी निर्देशकको भूमिकामा रहेका बमबहादुर मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको हो ।

गत बिहीबार बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मिश्रलाई कार्यकारी निर्देशकमा बढुवा गर्ने निर्णय गरेको थियो । आइतबार नै मिश्रले कार्यभार सम्हालिसकेका छन् । कार्यकारी निर्देशकमा बढुवा भएका मिश्र भुक्तानी प्रणाली विभागको विभागीय प्रमुखको भूमिका छन् ।

१६ वर्ष अघि राष्ट्र बैंकमा प्रवेश गरेका मिश्रसँग वाणिज्य बैंकहरुमा काम गरेको अनुभव समेत छ । उनले नविल तथा तत्कालिन एनआइसी बैंक लामो समय काम गरेका थिए ।

विदेशी बिनिमय तथा ट्रेड फाइनान्समा विशेष दक्षता रहेका मिश्र नियमन तथा सुपरिवेक्षणमा अव्वल मानिन्छन् । कार्यकारी निर्देशक राष्ट्र बैंकको उच्च पद हो । छोटो समयमा छिटो बढुवा भएर मिश्र कार्यकारी निर्देशक बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment