+
+

पशुपतिनाथमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते १९:३९

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस लगायतका सेवा प्रदान गरेको छ ।

लायन्स एण्ड लियो क्लब अफ काठमाडौं चाबहिल, नेपाल भारत मैत्री अस्पताल र वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम भएकोे हो । बिभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई १५० जना बिभिन्न स्वयंसेवकहरुद्घारा ८ स्थानमा सेवा प्रदान गरिएको छ ।

यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरिएको छ । स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्त्तचापको समेत परिक्षण गरिएको थियो ।

उक्त्त स्वास्थ्य शिविरका अनुसार करीब २००० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए । श्रावणको सोमबार देशभर महादेबको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?