+

फिफाले म्यान्चेस्टर सिटीलाई गर्‍यो कारबाही

२०७६ साउन  २९ गते ७:१४ २०७६ साउन २९ गते ७:१४
फिफाले म्यान्चेस्टर सिटीलाई गर्‍यो कारबाही

२९ साउन, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ ।

खेलाडी अनुबन्ध गर्दा फिफाको नियमविपरित गरेको भन्दै फिफाले कारबाही गरेको हो । नियमविपरीत खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले सिटीलाई तीन लाख ७० हजार स्वीस प|mान्क जरिवाना लगाएको छ ।

फिफाको नियममा १९ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाउने प्रावधान छ । तर सिटीले भने १८ वर्षका खेलाडीलाई अनुबन्ध गरेको भन्दै फिफाले कारबाही गरेको हो ।

यसअघि चेल्सीले पनि कम उमेरका खेलाडीलाई अनुबन्ध गरेको आरोपमा फिफाबाट दुई वर्ष प्रतिबन्ध भोगेको थियो । तर सिटी भने प्रतिबन्धबाट जोगिएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय